गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक ढुंगानाको लेक लागेर मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १५ कात्तिकwhatsapp sharing button

नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ।

अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक  टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो। प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो।

तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *