आमा वुवा नभएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १४ बैशाख


भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगर क्षेत्रमा अध्ययनरत आमा बुवा नभएका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउ“दै बालबालिका देशको लागि भविष्यका आधार भएकोले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने हेतुले नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए ।

भक्तपुर नपाले आमाबुबाविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिंदै आएको बताउ“दै ती बालबालिकाहरुलाई भविष्यमा योग्य नागरिक बनाउनको लागि विद्यालयले उपयुक्त वातावरण बनाउनुपर्ने, शिक्षक÷शिक्षिकाहरुले मातृत्व र पितृत्व सहितको माया ममता दिनुपर्ने र साथमा रहेका अभिभावकहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले भनपाले शिक्षा क्षेत्रमा गरिरहेको कार्यको चर्चा गर्दै नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान रुपमा अगाडि बढाउन प्रयासरत रहेको बताए । उनले विद्यालयमा आमाबुबाविहीन बालबालिकाहरुलाई शिक्षक÷शिक्षिकाहरुले विशेष ध्यान दिनुपर्ने र योग्य नागरिक बताउनु प्रयत्नशील हुनुपर्ने बताए ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नेपालको संविधानको भावना अनुरुप विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र संघीय सरकारले सोही अनुरुप शुल्कदेखि शैक्षिक सामग्रीहरुको व्यवस्था गर्नुपर्नेमा सो अनुरुप नभएकोले शिक्षामा विभेद रहेको बताउँदै भक्तपुर नगरपालिकाले विगत केही वर्षदेखिनै आमाबुबाविहीन बालबालिकाहरुलाई सहयोग गरी अभिभावकको भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रमका सभापति एवं समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण लगायत उपभोक्ता समिति मार्पmत विकास निर्माणका कार्यहरुमा उदाहरणीय कार्य गर्दै आएको चर्चा गर्दै आमाबाबुविहीन बालबालिकाहरुको हौसला र उत्साहको निम्ति शैक्षिक सामग्री वितरण कार्य गरिरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले बागीश्वरी मावि, सैनिक आवसीय मावि, शान्तिनिकेतन मावि, गणेश मावि, समाज सुधार आवि, भीम आदर्श आवि, बालमन्दिर आवि, बालसेवक आवि, सन्तति आवि र मिनर्वा ई. स्कूलका गरी कूल ५१ जना आमाबुबाविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण भएको उक्त कार्यक्रममा महिला तथा बालकल्याण समितिका सदस्यहरु सुमित्रा बोहजू र हेरा ख्याजूले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *