फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण

विशेष समाचार समाचार स्वास्थ्य

 

न्यूज अपडेट संवाददाता
काठमाडौं, ५ चैत


फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा १६ दशमलव ५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। नेपाल फार्मेसी परिषदले शनिबार काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्। परीक्षाका लागि स् १ हजार ६३४ जनाको स्वीकृत आवेदन परेको थियो। जसमध्ये १ हजार ५८२ जना परीक्षामा उपस्थित भएका थिए भने ५२ जना अनुपस्थित थिए।

विद्यार्थीको शैक्षिक स्तर कमजोर भएको र शिक्षण संस्थामा दक्ष जनशक्तिको अभावका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको परिषदका रजिष्ट्रार सन्जिव कुमार पाण्डेले बताए।

उनले भने, ‘यो नतिजाले फार्मेसी शिक्षाको स्तर र शिक्षण संस्थामा दक्ष जनशक्तिको अभाव छ भन्ने प्रष्ट पार्छ।’

परीक्षाको नतिजा पुर्न जाँच गर्न चाहने विद्यार्थीले काउन्सिलमा आजदेखि ३० दिनभित्रमा निवेदन समेत दिन सक्ने उनले जानकारी दिए। परीक्षाको नतिजा काउन्सिलको वेबसाइडमा गएर समेत हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *