अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा कामरेड शोभाको स्मरण

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ फागुन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा कामरेड शोभाको स्मरण

आदरणीय कामरेड शोभा प्रधान
धेरै धेरै सम्झना ।
आज आठ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी चलिरहँदा मनले तपाईँलाई व्यग्रतापूर्वक सम्झिरहेको छ । क्रान्तिकारी महिलाहरूको सङ्क्षिप्त जीवनी सङ्ग्रहका पृष्ठहरू पल्टाइरहँदा तपाईँको यादले अझ बढी सतायो । तपाईँको भौतिक अनुपस्थिति अब असम्भव भइसकेको यथार्थ स्वीकार्न यो मन अभैm पनि तयार छैन । अबका कुनै पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा तपाईँको विचार सुन्न नपाइने यथार्थले मन दुःखी बनिरहेको छ । तर, हामी तपाईँको भावना, विचार तथा सङ्घर्षलाई जीवन्त बनाइरहने छौँ । कामदार महिलाहरूको चेतनास्तरको विकाससँगै उठ्ने नयाँनयाँ सङ्घर्षका चरणहरूमा तपाईँसँग दृश्य–अदृश्य भेट भइरहने हाम्रो विश्वास छ ।


मुस्कुराइरहेको तपाईँको तस्बीरले अहिले पनि ‘के छ हालखबर ?’ भन्न छोडेको छैन । असार ७ गते नेपाल क्यान्सर अस्पतालको एउटा कक्षमा पल्टिरहँदा उज्यालो अनुहारसहित अत्यधिक ‘पेनकिलर’ ले लठ्ठिएर कमजोर बनिसक्नुभएको तपाईँले “अब घर फर्किनुपर्छ” भन्नुभएको कानमा अभैm गुञ्जिरहेको छ । असार ८ गते तपाईँलाई आइसीयूको कक्षभित्र लगियो । एउटा फोक्सोमा पानी भरिइसकेको अवस्था थियो । High pressure Oxygen दिइयो । क्यान्सर रोगसँग लड्ने अन्तिम चरणमा दिइने सम्पूर्ण औषधी चलाइयो । यद्यपि, तपाईँको अनुहारमा उज्यालो निभेको थिएन । आइसीयूबाट पनि बाहिर निस्किने आत्मबल तपाईँसँग भेट्ने परिवार, शुभचिन्तकहरूले तपाईँको अनुहारमा देखेको हुनुपर्छ ।
अस्पतालमा तपाईँसँग भेट्ने जोकोहीले एक धैर्य र दृढनिश्चयी भावना अनि मनोबलको उचाइसँग भेटेको अनुभूति गरेर यो पटक पनि तपाईँ क्यान्सरलाई पराजित गरी घर फर्किनुहुन्छ भन्ने विश्वास राखे ।
आइसीयू कक्षमा नातिनी सानिध्यले “मालाई आøया भयो” भन्दै गर्दा ‘होइन ठिक हुन्छ मलाई’ भन्दै नातिनीप्रति माया र स्नेह बर्साउने तपाईँभित्रको बलियो जिजीविषा गज्जबको थियो । अबोध नातिनीलाई लागेको थियो “उसको पूm–पूm…” (इन्जेक्सन) ले हजुरआमा निको हुनुहुनेछ” अबोध नातिनीलाई क्यान्सर रोग र चिकित्सा विज्ञानको सिमाबारे के थाहा ? नातिनीको पूm र इन्जेक्सनले पनि तपाईँलाई बचाउन सकेन । त्यसको २÷३ घण्टापछि तपाईँ नरहनुभएको खबर आयो ।
तपाईँको असामयिक निधनले श्रमजीवी जनता मर्माहत बने । तपाईँको अन्त्येष्टिको घडीमा एक असल व्यक्तित्व गुमाउनु पर्दाको संवेग सारा जनताको आँखामा छचल्कियो । का. शोभा प्रधान अब रहनुभएन भन्न कसैलाई मन थिएन । बिदाइको हात हल्लाउन कोही तयार थिएनन् । यद्यपि, सत्यलाई स्वीकार्नुको विकल्प थिएन ।
व्यक्तिगत स्वार्थ त्यागेर जनसेवालाई जीवन दर्शन बनाउने जोकोहीको मृत्यु अध्यक्ष कामरेड माओले भन्नुभएभैmँ पहाडजस्तै ग¥हुङ्गो हुन्छ । सारा जनले भने – का.शोभा प्रधानले त्यस्तै ग¥हुङ्गो मृत्युवरण गर्नुभयो ।
तपाईँको जीवन योगदान, तपाईँले हिँड्नु भएको बाटो, तपाईँले देख्नुभएको कामदार वर्गको मुक्तिको सपनामा तपाईँ पुस्तौँपुस्ता बाँचिरहनुहुनेछ । नातिनी सानिध्यको पुस्ताले तपाईँलाई प्रकाशनहरूमा भेट्नेछन् । एउटा सार्थक जीवनको कथा जरुर पढ्नेछन् । केटीहरू बुलेटिन, शिक्षक बुलेटिन, शिक्षिका बुलेटिन, वागीश्वरीका प्रकाशन, जेलका चिठ्ठीहरू, रोहितको आकृति, का. शोभा प्रधान विशेषाङ्क तथा नयाँनयाँ प्रकाशनहरूमा तपाईँसँग भेट भइरहनेछ ।
हामीले तपाईँलाई श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवनसङ्गिनीको रूपमा चिन्यौँ । राजनीति रक्तपातरहितको युद्ध हो भन्ने थाहा पाउँदापाउँदै पनि, त्यो युद्ध भूमिमा अनेकौँ आँधीबेहरी र हन्डरको सामना गर्नुपर्ने हुन्छ भन्ने अनुमान हुँदाहुँदै पनि अध्यक्षज्यूसँग विवाह गर्नुभयो । आमूल परिवर्तन र सङ्घर्षको बाटो सजिलो हुने कुरै भएन । विवाहको ५ वर्ष नहुँदै २०४५ सालको भक्तपुर काण्ड एउटा भूकम्पभन्दा कम थिएन तपार्ईँको निम्ति । अध्यक्ष रोहितकै शब्दमा भन्ने हो भने ‘आप्mनै नातागोता शत्रु–मित्र सबै चिनी नसकेका’ तपाईँलाई अचानक आएको पहिरो र खिम्ती खोलानजिक बस्दाको आकस्मिक बाढीजस्तो थियो भक्तपुर–काण्ड । पञ्चायती व्यवस्थाको षड्यन्त्र भक्तपुर–काण्ड, एउटा अपमानको अध्याय थियो । जेलभित्र मात्र यातनागृह बनाइएको थिएन, नेमकिपा जहाँजहाँ थियो त्यहाँ यातनागृह बनाइयो । जेलभित्र पार्टी कार्यकर्ता शारीरिक यातना र जेलबाहिर जहानपरिवार मानसिक यातना भोग्दै थिए ।
‘ज्यानमाराकी श्रीमती’ को अपवचन सहन साँच्चैको सहनशीलता र धैर्य आवश्यक पर्छ । कानुनी र नकानुनी सङ्घर्षमा डटेर लड्न अग्रमोर्चामै आइपुग्नुभयो । भक्तपुर काण्डमा भोगेको हण्डरमा दुःख मनाउ गर्नुभएन । छोरा सुवान जन्मँदा श्रीमान्सामु नहुँदा आत्तिनुभएन बरु अध्यक्षज्यूको महत्वपूर्ण पुस्तक र पाण्डुलिपि छापामार शैलीमा आएका प्रहरीहरूबाट जोगाउन सकिनँ भन्ने तपाईँको गुनासो रह्यो, कत्ति पनि विचलित हुनुभएन ।
जनताको सेवा गर्ने राजनीति, समर्पणको बाटो, सङ्घर्षको बाटोमा तपाईँ अध्यक्षज्यू सँगसँगै हिँड्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनलाई मार्गनिर्देश गर्ने वरिष्ठ नेताको सरल जीवन र उँचो क्रान्तिकारी विचारको सहयात्री बन्नुभयो ।
निष्ठा र इमानदारीको राजनीतिक उचाइमा अध्यक्ष रोहितको छाया बनेर खरो उत्रनुभयो । फेसबुकमा आस्था सांस्कृतिक परिवारले प्रस्तुत गरेको कार्ल माक्र्सको ‘जीवन सङ्घर्ष’ हेरिरहँदा तपाईँले भन्नुभएको थियो –“कार्ल माक्र्सको जीवन कति सङ्घर्षमय थियो । त्योभन्दा धेरै जेनी माक्र्सले सामना गर्नुपरेको होला है । जेनीकै निम्ति थियो होला गीत ।”
कार्ल माक्र्सले लेख्नुभएको र जेनी माक्र्सले गाउनुभएको जीवन सङ्घर्ष– “कठिनाइहरूदेखि रुने जीवन मेरो लागि होइन, होइन मेरो आँधी जस्तो मनलाई त्यो स्वीकार्य छैन । मलाई त एउटा महान् र उँचो लक्ष्य चाहिन्छ र त्यसको लागि आजीवन सङ्घर्षको अटूट सिलसिला चाहिन्छ ।” यो जीवन लक्ष्यमा प्रतिबिम्बित जेनीको जीवन आकृतिमा हामी तपाईँलाई पनि पढ्छौँ ।
सम्भ्रान्त जीवन त्यागेर संसारलाई वर्गीय मुक्तिको बाटो, वर्गसङ्घर्षको बाटो देखाउने विचार अङ्गालेका जेनीको अनुहारमा हामी तपाईँको आकृति भेट्छौँ । चरम अभाव, माक्र्सको देश निकाला, सन्तानको रोग र भोकले मृत्यु हुँदाको अवस्था सामना गर्नुपर्दा पनि विचलित नबनेकी जेनीको जीवनको यहाँ पुनरावृत्ति भएको अनुभव हुन्छ ।
हामीले तपाईँलाई एक प्रेरणादायी शिक्षिकाको रूपमा चिन्यौँ । शैक्षिक र शिक्षक आन्दोलनहरूमा तपाईँको सशक्त सङ्घर्षबारे पढ्यौँ । शिक्षाबाट वञ्चित र अँध्यारो भक्तपुरमा तपाईँले बाल्नुभएको ज्योति अझ उजेलिने छ ।
क्युवाको इतिहास पढ्दा त्यहाँ क्रान्तिपछि घरको चार भित्ताभित्र सीमित महिलाहरूलाई साक्षर बनाउने आन्दोलन चलेको थियो । महिलालाई साक्षर र शिक्षित बनाउँदै राजनीतिक चेतना बाँड्ने काम भिल्मा इस्पिनहरूले गर्नुभयो । यता २०४५ सालपछि किसान आन्दोलनकै दौरान घरको चुल्हो र खेतबारीमा सीमित महिलाहरूलाई साक्षर बनाउन प्रौढ कक्षा सञ्चालन गरिए । त्यही कक्षा महिलाका लागि राजनीतिक कक्षा पनि थियो । प्रौढकक्षा सञ्चालनमा तपाईँको अगुवाइ महिलाहरूले भुलेका छैनन् । ती महिला र नयाँ पुस्ताले क्रान्तिकारी नेतृ भिल्मा इस्पिनको जीवन व्यक्तित्वमा तपाईँलाई पनि भेट्नेछन्, पढ्नेछन् ।
रुसको क्रान्तिपछि सोभियत सङ्घमा शैक्षिक क्रान्तिको आवश्यकताबोध गरियो । एक शिक्षिकाको रूपमा समाजवादी शिक्षा बन्दोबस्तलाई अगाडि बढाउन लेनिनकी जहान् नादेज्दा क्रुप्स्कायाले योगदान गर्नुभएको थियो । नेपालको फरक परिस्थितिमा शिक्षा क्षेत्रमा तपाईँको योगदानलाई त्यसरी नै स्मरण गर्नेछ ।
हामीले तपाईँलाई एक समर्पित पार्टी कार्यकर्ता र नेपालको कामदार वर्गीय महिला आन्दोलनकी नेतृको रूपमा चिन्यौँ । अक्षर पढ्न नजानेका महिलाहरूलाई राजनीतिक सङ्घर्षको मैदानमा उतार्न सजिलो पक्कै थिएन । महिलाहरूको स्वास्थ्यबारे चासो राख्दै र आफूजस्तै क्यान्सर रोगको सिकार बन्न नपरोस् भनी सञ्चालन गरिएका स्वास्थ्य शिविरबारे टोल–टोलमा आमाहरू आज पनि चर्चा गर्नुहुन्छ । तपाईँलाई स–धन्यवादसहित प्रेमपूर्वक सम्झनुहुन्छ । क्यान्सर रोग रोकथामको अभियानका एक अभियन्ताको रूपमा तपाईँलाई नयाँ पुस्ताले पनि सम्झनेछन् ।
कामदार महिलाहरूको मुक्तिको बाटो वर्गसङ्घर्ष नै मात्र हो । समाजवादी बन्दोबस्तले मात्र श्रमिकवर्गका महिलाहरूको मुक्ति सम्भव हुन्छ भन्ने तपाईँको अभिव्यक्ति सम्झनामा छ । महिलाहरूलाई सङ्घर्षको बाटोमा हिँड्न अभिप्रेरित र उत्साहित बनाउनुहुने का. शोभा प्रधान कामदार वर्गीय महिला आन्दोलनको इतिहासमा बाँचिरहनु हुनेछ ।
तपाईँलाई हामीले पार्टी कार्यकर्ताहरूकी अभिभावकको रूपमा पायौँ । हामीले प्रजग कोरियाका किम जङ सुकको जीवनी पढेका छौँ । पेक्टु पर्वतमा फ्रान्सेली साम्राज्यवादसँग लडिरहेका देशका सेनाहरूलाई कपडा सिलाउन रातरातभर जाग्ने किम जोङ सुक । देशलाई साम्राज्यवादबाट मुक्त बनाउन युद्ध मैदानमा लडेर फर्केका सेना, पार्टी कार्यकर्ताहरूलाई खाना खुवाउने, पिठो थोरै भएर घाँस मिसाएर रोटी बनाई खुवाउने, आफ्नो छाक पनि काटेर कार्यकर्तालाई खुवाउने किम जोङ सुक ।
पार्टी कार्यकर्ताले खाए खाएनन् अनुहार हेरेर थाहा पाउने, सन्चो विसन्चोको चासो भइरहने तपाईँलाई हामी किम जङ सुकको आकृतिमा भेट्छौँ । कार्यकर्तालाई आमाले जस्तै माया गर्ने तपाईँ कार्यकर्ताहरूको हृदयमा सदा बाँचिरहनु हुनेछ ।
देश र जनताप्रति समर्पित जीवनको आकृति जनताको हृदयमा अमर रहन्छ । तपाईँँ त्यही जीवन आकृतिको एउटा अमर नाम बनेर हाम्रो हृदयमा रहनु हुनेछ । जीवन सङ्घर्ष हो भन्नुहुने तपार्ईँ सङ्घर्षको अर्को नाम बनेर बाँचिरहनु हुनेछ ।
तपाईँ महिलाहरूका निम्ति एक आदर्श, छोरीहरूका निम्ति ऊर्जाको कहिल्यै नसुक्ने स्रोत बनेर युगयुगसम्म बाँचिरहनु हुनेछ ।
तपाईँलाई उच्च आदरका साथ सम्झने
उही छोरीहरू तथा बहिनीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *