वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ बैशाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप  कार्यक्रम संचालन नहुने जनाएको छ।

स्वास्थ्यकर्मीहरु समेच निर्वाचनमा खटिनुपर्ने भएकोले खोप कार्यक्रम स्थगित हुने मन्त्रालयले जनाएको छ।

‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने भएकोले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ।’ मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रलयले निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्धको खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्न पनि आग्रह गरेको छ।

मन्त्रालयले छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने संभावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गर्न समेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *