ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन प्रतिवेदन भनपालाई हस्तान्तरण

विशेष समाचार समाचार

न्यूज अपडेट संवावदाता
भक्तपुर, ६ बैशाख


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथक्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन्सम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थानीय तह चुनावको घोषणापत्रमा जगन्नाथ क्षेत्र उत्खनन्बारे उल्लेख भएको जानकारी दिन्दै सम्पदा संरक्षणको लागि नगरपालिकाले गरिरहेको कार्य देशभरीकै स्थानीय तहहरुका लागि अनुकरणीय रहेको जानकारी दिए ।


उनले विभिन्न नगरपालिकाबाट अवलोकन भ्रमणका क्रममा भक्तपुर आउने जनप्रतिनिधिहरुले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यलाई अनुकरणीय रहेको र आ–आफ्नो स्थानीय तहमा लागू गर्ने विचार व्यक्त गरेको स्मरण गर्दैे भनपा देशभरकै स्थानीय तहहरुका लागि नमूनाको रुपमा अगाडि बढिरहेको उल्लेख गरे ।
नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान विजुक्छेंद्वारा लिखित “१०० वर्ष पछिको भक्तपुर” पुस्तकमा गरिएको परिकल्पना अनुरुप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माण गर्न नगरबासीहरुलाई जोड दिइरहेको बताए ।
कार्यक्रममा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको ऐतिहासिक पुरातात्विक जगन्नाथ क्षेत्रको उत्खनन् समितिको ५ महिनाको अथक प्रयासबाट प्रतिवेदनलाई मूर्त रुप दिन सफल भएको बताउदै सो प्रतिवेदनले भक्तपुरको ऐतिहासिक ९९ चोकको उत्खनन्को लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *