वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको शिविर इन्द्रसरोवर गाउँपालिकामा

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० चैत


वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको तीन दिने ग्रामीण शिविर इन्द्रेसरोवर गाउँपालिका–४, फाखेल मकवानपुरमा सम्पन्न भएको छ ।

“सामाजिक कार्य गर्नको लागि समुदायमा भिज्नुपर्छ । समुदायको लागि म भन्दा पनि हामीको भावना लिएर सामाजिक कार्य गर्दा सजिलो हुन्छ ।” प्रस्तुत भनाइ इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामाको हो । उनले ५ वर्षको अवधिमा गाउँपालिकामा शैक्षिक, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा गरेको कार्यबारे बताउँदै गाउँपालिकामा दुई प्राविधिक शिक्षालय भएको जानकारी दिए ।
समापन समारोहमा इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष एवम् कालिका मावि वि.व्य.स. अध्यक्ष धनवीर स्याङटाङले सामाजिक कार्यका विद्यार्थी समाजको आमूल परिवर्तनका लागि खटिनुपर्छ र शिविरको क्रममा सिकेका कुरा व्यवहारमा उतारेर स्वदेशमै रोजगार गर्न प्रोत्साहन गरे ।

कार्यक्रमका सभापति एवम् शिविरका संयोजक मङ्गलेश्वर ध्वजूले सिंगो इन्द्रसरोवर गाउँपालिका सामाजिक कार्यका लागि प्रचुर सम्भावना रहेको र ग्रामीण सभ्यता नै मानव सभ्यताको उद्गम भएको बताए । स्थानीय बुद्धिजीवी धीरज लामाले सबै धर्ममा सामाजिक कार्यको महत्व रहेको बताए । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सावित्री सुनार, सहायक प्रधानाध्यापक ठूलीमाया बलामी, शिखरापुर सामुदायिक कलेजका प्राचार्य तथा शिखरापुर सामुदायिक सिकाई केन्द्रका व्यवस्थापन निरोज श्रेष्ठ, सहजकर्ता विद्यालयका प्राविधिक शिक्षकले पनि बोलेको थियो ।

सो शिविरका सुपरिवेक्षक सुन्दर ग्वाच्छाले स्वागत गरेको सो कार्यक्रममा विद्यार्थीहरु कृपा प्रजापति, गौरव लामिछाने, काजल थापा, मालती पराजुली, मनिसा सुवाल र नम्रता रन्जितकारले शिविरको तीन दिने अनुभव सुनाएका थिए । साथै सम्पूर्ण अतिथिहरुलाई वागीश्वरी कलेजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कलेजका २ जना शिक्षकहरुको मार्गनिर्देशनमा सहभागी २३ जना विद्यार्थीहरुल शिविरमा कृषि फार्मको अवलोकन, विद्यालयको विज्ञान, कृषि, बिउबिजन प्रयोगशालाको अवलोकन, कृषि विषयमा प्रस्तुतीकरण, विभिन्न टोलीले विभिन्न कक्षामा गएर महिनावारी, रेड क्रस, स्काउट, जुम्बा डान्सका साथै विभिन्न क्रियाकलाप गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *