चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्‍यो एडभाइजरी

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

नयाँ दिल्ली, १० मंसिरsharethis sharing button

चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ।
त्यस्तै कुनै ठूलै संक्रमण फैलन सक्ने तयारी गर्न पनि अस्पताललाई भनिएको छ। एडभाइजरीका अनुसार अस्पतालका कर्मचारी , बेड, जरुरी औषधि,अक्सिजन, एन्टिबोयोटिक, पीपीई, टेस्टिङ किटको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ।

त्यस्तै अस्पतालहरुलाई अक्सिजन प्लान्ट र भेन्टिलेटरले राम्रो काम गरेको छ कि छैन परीक्षण गर्न भनिएको छ। संक्रमण फैलनका लागि रोक्न बनाएको इन्फेक्सन कन्ट्रोल प्रोटोकलको पनि समीक्षा गर्न जरुरी भएको एडभाइजरीमा भनिएको छ।

चीनमा श्वासप्रश्वाससँग जोडिएको निमोनियाँ जस्तै हुने एक प्रकारको भाइरसको संक्रमण फैलिएको छ। यसबाट बालबालिका धेरै प्रभावित हुने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विश्व स्वास्थ्य संगठनले उक्त संक्रमणको बारेमा धेरै सूचना उपलब्ध गराउन समेत चीन सरकारलाई भनेको छ। चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ। यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ। यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ। तर यसको कयौँ लक्षणहरू निमोनियाभन्दा अलग छ। यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ। उच्च ज्वरो, खोकी, रुघा र श्वास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ।

रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उत्तरपूर्वी बेइजिङ र लियाओनिङ लगायत शहरहरूमा उपचाररत छन्। रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ।

यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो। कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो। यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ। बच्चाहरूबाट रोग वयस्कमा सरेको पनि नभेटिएको प्रोमेड अलर्टले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *