भ्वाइस अफ वागीश्वरी सिजन ३ काे उपाधी पवन अधिकारीलाई

मनोरञ्जन विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ कात्तिक

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ काे उपाधी पवन अधिकरीले हात पारेकाे छ ।

कार्यक्रमका संयोजक नविन्द्र लाल कर्माचार्यको गायन प्रस्तुति बाट सुरु भएको ग्राण्ड फिनालेमा सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता  जजेज राउण्डबाट छनाैट भएका ५ जना प्रतिस्पर्धीहरुले अन्तिम चरणमा राष्ट्र प्रेम, प्रकृति प्रेम तथा बुबा/आमा प्रति समर्पित गीतहरु गाएका थिए ।

भ्वाइस अफ वागीश्वरी सिजन ३ काे फस्ट रनरअप चेतन शाही  हुन सफल भएका छन् । विजेता र उपविजेतालाई भक्तपुर न.पा. का मेयर सुनिल प्रजापतिले प्रमुख अतिथिको रुपमा पुरस्कार तथा ट्रफी वितरण गरेको थियो । निर्णायकहरु क्रमशः गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगीतकार गनु राज राई र गायिका सरिता प्रजापतिले आ-आफ्नो गीत गाएका थिए ।

कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल, क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *