नगरकाेटकाे भटेडाँडा महामञ्जुश्री नामांकन

पर्यटन विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ साउन
मध्यपुर थिमी नगरपालिकाले नगरका पूरानो नाम खोजी खोजी नामाकरण गरिरहँदा चाँगुनारायण नगरपालिकाले भने पूरानो नाम हटाएर नयाँ नाम राख्न थालेको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित नगरकोटको भटेडाँडालाई आजबाट महामञ्जुश्री नामांकन गरेको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको पर्यटन विकासका लागि प्रचुर सम्भावना भएको नगरकोट क्षेत्रमा रक्सि पार्ने र बेच्ने भटि नै भटि भएको ठाउँ भएकाले भटेडाडा हुन गएको ठाउँलाई आजबाट नयाँ नाम महामञ्जुश्री घाेषणा गरेकाे बताए । भटि नै भटि भएकाले भटे डाँडा भन्नु भन्दा धार्मिक र ऐतिहासिक नाम महामञ्जुश्री राम्राे भएको प्रमुख खत्रीको भनाइ छ । महामञ्जुश्री काठमाण्डौ उपत्यका सृष्टिकर्ता तथा बौद्धमार्गि समुदायको आष्ठाको प्रतिक भएकाले पनि सो नाम सान्दर्भिक भएको प्रमुख खत्रीकाे कथन छ ।
२०८२ सालमा नगरकोट भ्रमण वर्ष घोषणा गरिसकेकाले गुरु योजना अनुसार पर्यटकीय गतिविधि बढाउन सो क्षेत्रमा आज नेपालको झण्डा फरफराएर भटेडाँडालाई महामञ्जुश्री नामाकरण गरेकाे उनले बताए।

चाँगु नपा, शंखरापुर नपा, मदन देउपुर नपा र बनेपा नपा सहित ४ वटा पालिकाहरु तथा भक्तपुर, काठमाण्डौ र काभ्रे गरी ३ वटा जिल्लाहरुको संगम स्थलको रुपमा रहेको नगरकोटमा पर्यटकको आगामण र बसाई लम्व्याउने विभिन्न कार्यक्रमहरु तर्जुमा भइरहेको नगर प्रमुख खत्रीको भनाइ छ । पर्यटकहरु सहजरुपमा आवागमन गराउन कमलविनायक नगरकोट सडकको महत्वपूर्ण भुमिका रहेकोले सो सडकको स्तराेन्नतिको लागि पनि नगरपालिकाको ध्यानाकर्षित भइरहेको उल्लेख गरे ।

कार्यक्रममा नगरकोट नाल्डुम पर्यटन विकास समितिका पूर्व अध्यक्ष बद्री माक, अध्यक्ष नविन गुरुङ , चानपा ६ का वडाध्यक्ष धनबहादुर लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, पूर्व उपप्रमुख विना बास्टोला, नगरकोट व्यारेकका सुरक्षाप्रमुख सहित विभिन्न पर्यटन ब्यवसायीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *