राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधारोन्मुख

समाचार

 

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १२ बैशाख


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको बताइएको छ। एन्टिबायोटिकले शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने गरेको साथमा रहेका परिवारका सदस्यहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *