नेक्राकिसंघको ८ औं जिल्ला सम्मेलन सुरु

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

मध्यपुर, २० माघ

आर्थिक समान्नता र देशभक्तीको भावनाले मात्रै देश बन्न सक्ने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य सांसद प्रेम सुवालले त्यस्तो बेवस्था समाजबादमा मात्रै हुन सक्नेमा जोड दिएका छन् ।आज मध्यपुर थिमीमा आयोजित नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्लाको आठौं सम्मेलनको उद्घाटन गर्दै सांसद सुवालले सो कुरा बताएका हुन । मध्यपुर थिमीको शंषधर चोकबाट जुलुस गर्दै बालकुमारी, नगदेश र वोडेसम्मको यात्रा सम्पन्न गरी भएको उद्घाटन समोरोहमा बोल्नु हुँदै सांसद सुवालले निर्वाचनमा जनताले देश र जनताको सेवा गर्ने राजनैतिक दल र नेता चुन्न नसक्दा देशमा राजनैतिक अस्थिरता रहेको बताउनु भयो ।

निर्वाचनमा भोज खुवाएकै भरमा मतदान गर्दा अपराधी, हत्यारा, भ्रष्टाचारी, अनागरिकहरु समेत सांसद भएर आएको उल्लेख गर्दै अहिलेको संबैधानिक ब्यवस्था अनुसार संसदमा नेमकिपा प्रमुख प्रतिपक्ष हुनुपर्नेमा सचिव सुवालले जोड दिनु भयो । देश र जनताको सवालहरु उठाउन सदनमा पर्याप्त समय आफूले नपाएको उल्लेख गर्दै उत्पादनका साधनहरु पूजीबादी देशमा केही सिमित व्यक्तिहरुका हातमा हुने तर समाजबादी बेवस्थामा राज्यको हातमा हुने भएकाले समाजबाद नआएसम्म देश स्वाधिन हुन नसक्ने विचार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष अनुराधा थापामगरले नेपाली किसानहरुमा कृषि ज्ञान, सिप, लगानी, प्रविधिको महुँच नपुग्दा देश नै परर्निभर भइरहेको चर्चा गर्दै साहुँ महाजनको चर्को ऋणले किसानहरु थिलिएको बताउँदै पूर्व सांसद समेत रहेका थापामगरले महिला कृषकहरु झन समस्यामा रहेको बताए । देशलाई स्वाधिन बनाउन कृषि क्षेत्र र किसानलाई सरकारले उपेक्षा गरेको बताउँदै कृषि र किसानहरु सक्षम हुन राजनैतिकरुपले संगठित हुनुपर्नेमा जोड दिनु भयो भने नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले जनता राजनैतिक रुपले सचेत र संगठित नभएसम्म देशमा आमुल परिवर्तन संभव नहुने चर्चा गर्दै उहाँले राजनैतिक, बैचारिक र सैद्धान्तिक रुपमा प्रष्ट हुन आग्रह गर्नु भयो ।

यसै बीच बागमती प्रदेशका सांसद सृजना सैंजूले आयातमूखी अर्थतन्त्र भएसम्म देशको स्वाधिनता र सार्वभौकिता रक्षा गर्न नसकिने विचार ब्यक्त गर्दै किसान र कृषिको विकासले देशलाई आत्मनिर्भर बनाउन सकिने बताए भने अर्का सांसद गीता काफ्लेले नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघका अग्रहहरुले गरेको देश र जनता लक्षित राजनीतिले भूमिसुधार, मोहियानी हक कायम हुन सकेको धारणा ब्यक्त गर्नु भयो ।

नेक्राकिसंघ भक्तपुरका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राकिसंघ ललितपुर जिल्ला अध्यक्ष कविन्द्र महर्जन, केशबप्रसाद तिमल्सेना, विक्रम बैद्य, रमेश बैद्यलगायतले पनि नेपाल क्रान्तिकारी किसान संघले किसान वर्गको हक हितका लागि गर्दै आएको भपाई आन्दोलन, बालि काट्ने आन्दोलन, मोहियानी हकको आन्दोलन देखि देशको स्वाधिनता र सार्वभौकिता रक्षाका लागि एमसीसी, एसपीपी र नागरिकता विद्येयक विरुद्ध गरेको आन्दोलन बारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *