रूखको हाँगा भाँचिएर लाग्दा सिंहदरबारभित्रै कर्मचारी घाइते, उपचारका क्रममा मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ५ जेठ

बुधबार साँझको हावाहुरीका कारण राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ। सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर लागी घाइते भएका विजय कार्कीको मृत्यु भएको हो ।

पाल्पा रम्बा गाउँपालिका–५ घर भएका २७ वर्षीय कार्कीलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल ल्याइएको थियो। हुरीका कारण राष्ट्रिय अनुसन्धान विभागको कम्पाउण्डमा रहेको रुख हाँखा भाँच्चिएर  टाउकोमा लागेको थियो।

विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत थिए। राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा क्यान्टिनबाट खाना खाएर निस्कँदै गर्दा हावाहुरीको कारणले भाँचिएको हाँगोले लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *