काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजबाट हट्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ माघ

काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको थियो।

सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर भने अघिल्लो हप्ता हटाइए पनि ट्याक्सी र निजी सवारीमा जोरबिजोर कायम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *