महानगरको पत्रपछि वीर अस्पतालले पठायो कर तिरेको विवरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २७ भदाै

काठमाडौं महानगरपालिकाले कर तिर्न पत्र पठाएपछि वीर अस्पताले कर तिरेको विवरण महानगरलाई पठाएको छ।

अस्पतालले ०७९ असार मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकिएको र यस आर्थिक वर्षको श्रावण १ गते देखि प्राप्त हुने रकम  कार्यालयमा जम्मा गरिने जनाएको छ।

अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हने रकमको १० प्रतिशत रकम  केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेल मार्फत बुझाइएको अस्पतालले जनाएको छ।

काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई १० दिनभित्र बहाल कर र जरिवाना तिर्न पत्र काटेको थियो।

‘आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ। तर हालसम्म पनि नबुझएको हुँदा बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन अनुरोध छ,’ महानगरले काटेको पत्रमा भनिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *