कोरोनाबाट २ जनाको मृत्‍यु, १०४ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २६ भदाै

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन्।

जसमध्‍ये २ हजार २३६ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन्। यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *