दुर्घटनामा परेका एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ माघ शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको  छ। सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा  सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  “उहाँ आज ट्रमा सेन्टरमा […]

Continue Reading

कानुन विपरित प्रबर्द्धन गर्दै साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ फागुन ३-७  सम्म पोखरामा हुने भनिएकोनेपाल लिट्रेचर फेस्टिवल (साहित्य सम्मेलन)मा सूर्तिजन्य पदार्थ र मदिराका उत्पादकले कानुन विपरित प्रायोजन गर्ने र आयोजकले स्वीकारेको पाइएको छ। जनस्वास्थ्यका लागि हानिकारक पदार्थ उत्पादक कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा स्पष्ट उल्लेख […]

Continue Reading

गंगालाल अस्पतालमा मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ। अस्पतालका डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा मरिषा अर्याल, डा सुजन बोहरा र डा सन्दीप भण्डारीको चिकित्सकीय टोलीले  नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार ती बालिकालाई केही दिनमै डिस्चार्ज गरिनेछ।  शल्यक्रियाको […]

Continue Reading

आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ माघ ‘स्वास्थ्यको मौलिक हक कार्यान्वयनमा लैजाने प्रयासलाई अर्थको अवरोध’ नागरिकको आधारभुत स्वास्थ्यको हक सुनिश्चित गर्न निर्माणाधीन ९८ अस्पतालका लागि अर्थ मन्त्रालयले  बजेट नदिने निर्णय गरेको छ। गएका वर्षहरुमा अर्थले नै बजेट दिएर काम अगाडि बढिरहेका ९८ वटा स्थानीय तहमा यसवर्ष बजेट नदिने निर्णय गरेको हो। अर्थमन्त्री डा प्रकाशरण महतले ‘रितपूर्वक अनुरोध […]

Continue Reading

भारतीय अभिनेत्री पुनम पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ माघ भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्यु भएको छ। उनको मृत्यु पाठेघर मुखको क्यान्सरका कारण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनकी म्यानेजर निकिता शर्माले प्रेस नोट जारी गरेर जानकारी दिएको बताइएको छ। ३२ वर्षीया उनको मृत्यु होम टाउन कानपुरमा भएको हो। उनले फेब्रुअरी २ मा उनको इन्स्टाग्रामबाट एउटा […]

Continue Reading

गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ माघ जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ। जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको  जिल्ला अदालत काठमाडौंले जनाएको छ। जिल्ला अदालत […]

Continue Reading

जाडोमा दमका रोगीलाई यसकारण गाह्रो हुन्छ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो। चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र […]

Continue Reading

मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ मापदण्ड नपुगेका नर्सिङ कलेजलाई सञ्चालनमा ल्याई गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरु नै सक्रिय भएका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका केही सांसदहरु मापदण्डन नै नपुगेका कलेजहरुलाई फेरि सञ्चालनमा ल्याउन सक्रिय भएका हुन्। चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मापदण्ड पूरा गर्न नसकेर बन्द भएका नर्सिङ कलेजको […]

Continue Reading

७ सय जनाको उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टर सम्बुद्ध अन्ततः परे प्रहरीको फेला

टिचिङ अस्पतालको परिचय पत्र देखाउँदै झुक्याउँदै न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ माघ नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले अहिलेसम्म ७ सय जनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो। नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका […]

Continue Reading

स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयोमाघ ८ गतेबाट नयाँ शुल्क कार्यान्वयनमा आउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक शुल्क घटाएको छ। बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो। बोर्डको आइतबार बसेको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ […]

Continue Reading