बाराही बचतमा चारदिने समाचार लेखन तालिम

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १४ असार

बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य तथा बचत उपसमितिको आयोजनामा समाचार लेख्ने क्षमता अभिवृद्धि गर्न असार १० गतेदेखि भएको चारदिने समाचार लेखन तालिम शुक्रबार सम्पन्न भएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिमबाट सिकेका कुरालाई अभिव्यक्ति र लेखनकलाबाट व्यावहारिक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । उनले बोल्ने र लेख्ने कला एक आपसमा अन्योन्याश्रित रहने भएकाले संस्थाले सदस्यलाई र सदस्यले संस्थाको उन्नतिका लागि योगदान गर्नुपर्नेमा जोड दिए । विगतमा अरुको देखासिकीमा समाचार लेख्दा धेरै गल्ती हुने र अहिले सैद्धान्तिक र प्रयोगात्मक दुवै पक्षलाई केलाउँदा समाचारको गुणस्तरीयतामा वृद्धि भएको बताए ।

प्रशिक्षक प्रेम प्रजापतिले चारदिने तालिमबाट प्राप्त कलालाई संस्थाका विभिन्न क्रियाकलापसँग जोड्नुपर्ने बताए । उनले संस्थाले यस्ता तालिम तथा कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

आयोजक समितिका संयोजक शर्मिला मानन्धरले सहकारीले दिएका तालिमलाई निखार्दै लानुपर्ने बताउँदै छोटो समयमा धेरै कुरा सिक्न पाएको जानकारी दिए ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले चार दिनको समाचार लेखन तालिमले प्रशिक्षार्थीहरुमा निखारता ल्याएको र यस्ता जीवनोपयोगी तालिमलाई निरन्तरता दिने बताए ।

प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष सुवालले १८ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षक प्रेम प्रजापतिलाई मायाको चिनो वितरण गरेको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु संगीता पंच, रबी भुजुले अनुभव बताए ।
कार्यक्रममा रितु बासुकला र रत्नकेशरी सुकुपायोले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *