इरान र क्युवाले इजरायली नरसंहारबिच प्यालेस्टिनीहरूलाई समर्थन गर्न विश्वव्यापी गठबन्धनको आह्वान

न्यूज अपडेट संवाददाता तेहरान, ४ डिसेम्बर (प्रेस टीभी) इरानी राष्ट्रपति इब्राहिम राइसीले सहयोगी राष्ट्रहरूसँगको सहकार्यमा विभिन्न महादेशमा उत्पीडित प्यालेस्टिनी जनतालाई सहयोग गर्न गठबन्धन बनाउनु पर्नेमा इरान र क्युवाको साझा अडान रहेको बताएको छ । ऐतिहासिक भ्रमणको क्रममा तेहरानमा रहेका क्युवाली समकक्षी मिगुएल डियाज क्यानेलसँगको भेटमा राइसीले उक्त विचार व्यक्त गरेको हो । इरानी राष्ट्रपतिले गाजामा […]

Continue Reading

संयुक्त राष्ट्र सङ्घद्वारा गाजामा पूर्ण युद्धविरामको लागि आह्वान

न्यूज अपडेट संवाददाता न्युयोर्क, १४ मङ्सिर (टेलेसुर/अल जजिरा)  संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ‘गाजा, इजरायल र व्यापक क्षेत्रका जनताको हितका लागि’ पूर्ण युद्धविराम गर्न आग्रह गरेकाे छ। महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार संयुक्त राष्ट्र सङ्घका महासचिवले सात हप्ताको द्वन्द्वले ‘विश्वलाई स्तब्ध पार्ने डरलाग्दो क्षति’ गरेकोे बताए। इजरायल र हमास आन्दोलनले अक्टोबर ७ देखि बन्दी […]

Continue Reading

प्यालेस्टाइनमा इजरायलको भित्री नियत

क्रिस हेजेज एजेन्सी, १९ कात्तिक संरा अमेरिका र आफ्ना युरोपेली मित्र देशहरूको आडमा इजरायलले प्यालेस्टाइनी सहर गाजामा भीषण हमला गरिरहेछ । यो युगोस्लाभिया युद्धपछिकै सबैभन्दा खराब जातीय सफाया हो । दक्षिणी सीमानजिकै राफेहमा स्थापित इजिप्टका शरणार्थी शिविरहरूमा बसिरहेका लाखौँ प्यालेस्टाइनीहरूको हत्या गर्नु नै इजरायली हमलाको नियत देखिन्छ । प्यालेस्टाइनीहरूमाथि मात्र होइन आसपासको क्षेत्रमा पनि यसको […]

Continue Reading

भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले शनिबार एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ : २०८० कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर ६.४ […]

Continue Reading

प्यालेस्टाइनमा इजरायली फासीवादी बर्बरता अन्त्यको माग गर्दै काठमाडौँमा युवा विद्यार्थी सभा र जुलुस

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ कात्तिक इजरायली फासीवादी बर्बरता अन्त्य गर, प्यालेस्टाइनी शरणार्थीहरूलाई आफ्नो पुख्र्यौली भूमि प्यालेस्टाइनमा फर्किन र क्षतिपूर्ति पाउने अधिकार देऊ भन्ने मागसहित  शुक्रबार राजधानीमा जुलुस प्रदर्शन गरेकाे  छ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा उक्त जुलुस प्रदर्शन भएको हो । […]

Continue Reading

युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

न्यूज अपडेट संवाददाता माेरंग, ९ असाेज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग देशको समसामयिक विषयमा नेमकिपा मोरङको आयोजनामा एक भेलाबिच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएकाे छ । कार्यक्रममा अध्यक्ष रोहितले देश अप्ठ्यारो स्थितिमा पुगेको प्रति चिन्ता व्यक्त गर्दै हिन्द–प्रशान्त रणनीति, एमसीसी र एसपीपीसँगै देशलाई नाटोसँग संलग्न बनाउँदै युद्धमा फसाउने खतरा औँल्याए। “संरा […]

Continue Reading

“नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन्”-विजुक्छेँ

न्यूज अपडेट संवाददाता झापा, ८ असाेज नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न भएकाे छ। कार्यक्रममा अध्यक्ष रोहितले नेपालको विकासमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद मुख्य बाधक रहेको बताए। […]

Continue Reading

बीसवर्षे गाडी विस्थापन गर्ने नीति गलतः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बीसवर्षे गाडी विस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरूलाई पोस्ने गलत नीति भएको भन्दै त्यसको विरोध गरेकाे छ। सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बिहीबार बसेको पहिलो बैठकमा उनले नेपालमा गाडी निर्माण गर्ने कुनै कारखाना र मर्मतका कच्चा पदार्थसमेत उत्पादन हुँदैन भनी जोड […]

Continue Reading

अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट

न्यूज अपडेट संवददाता भक्तपुर, १६ भदौ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सँग कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शुक्रबार भेट गरेको छ । भेटको क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पार्टी नीतिलाई व्यवहारमा लागू गरिरहेको बताए । उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरिरहेको उल्लेख गर्दै अन्य पालिकाले पनि आ–आफ्नो क्षेत्रको […]

Continue Reading

सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ भदाै नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताए । सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले जनताको लागि लड्ने पार्टी तथा […]

Continue Reading