पैतालिसौं नेपाल भाषा साहित्य तःमुंज्या नपुखुमा सम्पन्न

Featured कला/साहित्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ असोज


जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ने.सं. ११०० देखि भक्तपुरका विभिन्न स्थानहरुमा भइरहेको दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या(सम्मेलन) र सांस्कृतिक कार्यक्रम यसपाली नपुखुमा सम्पन्न भएको छ ।

साहित्यिक क्षेत्रका साहित्यकारहरुबाट साहित्य बाचन हुने र राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका विज्ञहरुबाट विभिन्न विषयमा प्रशिक्षण समेत हुने उक्त कार्यक्रम यस वर्ष कौलाथ्व द्धादशी (असोज १७) र त्रयोदशी(असोज १८) का दिन भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको उपद्रोका विषयमा यिनीहरु आफै अनभिज्ञ भएको बताए । उनले असंगठित शक्तिबाट कुनै खालको कार्य गर्न नसकिने बताउँदै उक्त कार्य गर्न उक्साउने गरी लामो समयको योजना मुताविक भएको बताए । शासन पद्धतीमा तत्काल परिवर्तन हुनुको भित्री रहस्य हुने बताउँदै उनले ती कार्यका लागि तालिमसहितको योजना हुने स्पष्ट पारे । उक्त गतिविधिमा अमेरिका र हिन्दूस्तानले निर्देशन नदिई केही नहुने तर्क राख्दै उनले माथिल्लो तह नै अरुको हातबाट चलेको बताए । जेनजीको बुद्धिले होइन, ठूला मान्छेको बुद्धिले यस्तो कार्य हुन गएको तर्क राख्दै उनले देशको राजनीतिक सत्ता परिवर्तनका लागि विदेशीको सक्रियता रहेको औंल्याए ।

आन्तरिक कुरा थाहा नहुने मान्छेबाट सिंहदरबारमा आगो लगाउन असम्भव भएकाले त्यसमा भित्री रहस्य थाहा भएका मान्छेबाटै भएको उनको धारणा छ । जनता सचेत भए मात्र देश अघि बढ्ने बताउँदै जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ नरहेको उनले बताए । जनतासँग संवाद गरी कार्य गरे कुनै पनि कार्य असफल नहुने उनले स्पष्ट पारे । चोर डाँकाहरुबाट सञ्चालित पार्टीलाई जनताले विश्वास नगर्ने बताउँदै उनले चुनावमा जित्नकै लागि नागरिकता विध्ययक पारित गरेको औंल्याए । साधारण जनतालाई लोभ लालचमा फसाई भोट लिएको तर्क राख्दै ती जनताबीच बैचारिक कार्यक्रमहरु गर्दै लानुपर्नेमा उनले जोड दिए । जनतालाई सचेत र संगठित बनाउन र प्रजातन्त्र हुर्काउन निरन्तर सांगठनिक कार्य गर्दै जाने उनको तर्क छ । कुनै खालको हटार नगरी निरन्तर संघर्ष गरी नथाकिकन देश बनाउन सतर्क गराउनुपर्ने उनले बताए । अमेरिका र हिन्दूस्तानले निर्देशनमै दलाइ लामाले नेपालका प्रधानमन्त्रीलाई शुभकामना दिएको उनको तर्क छ ।


त्यस्तै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विभिन्न पार्टीले गरेका अनैतिक भ्रष्टाचार र वेथितिका कारण देश बिग्रेको बताउँदै नेपाल भाषा साहित्य तःमुंज्याले जनताको पक्षमा साहित्यमार्फत स्पष्ट पारेका बताए । उनले सदन र सडकमा एमसीसी विरुद्ध आन्दोलन गर्दा पनि पास गरेर देशघाटी कार्य गरेको स्पष्ट पारे ।


विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरुबाट तःमुंज्याको निरन्तरताको कामना गर्दै विचार व्यक्त गरेको उक्त कार्यक्रममा साहित्यकारहरुबाट कविता, कथा, निबन्ध, गजल, गीतलगायतका विधाहरु प्रस्तुत गरेको थियो ।


दुई दिने उक्त कार्यक्रममा कवितातर्फ संगीता पंच प्रथम, गंगाराम ज्याख्व द्धितीय, सत्यनारायण सुवाल तृतीय, लक्ष्मी प्रसाद कासुला र सुनिता गाईसी सान्त्वना, निबन्धमा के.जी आचार्य सान्त्वना, कथामा श्रीया पहिजू प्रथम, एल.के.सुन्दर द्धितीय, सूर्यनारायण फाँजु तृतीय पुरस्कार जितेका छन् ।
दुवै दिनको साँझ सांस्कृतिक विधाहरु प्रस्तुत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *