न्यूज अपडेट संवाददाता
भक्तपुर, १६ कात्तिक
नेपाल भाषा साहित्य तःमुंज्या मु गुथि ख्वपले शुक्रबार भक्तपुरमा नेपाल सम्वत् ११४५ को अवसरमा भिन्तुना र्याली (शुभकामना र्याली) निकालेको छ । नगरको दुई स्थानबाट र्याली सुरु भएको थियो । वडा नं १ देखि ५ सम्मका लागि तःमारीबाट र ६ देखि १० सम्मका लागि सुजमारीबाट र्याली सुरु भएको थियो । र्याली नगर परिक्रमा गरी दरवार क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो । सभामा सांसद प्रेम सुवाललगायतले बोलेको थियो ।