यहि असाेज २८ र २९ गते हुन गइरहेकाे चाैवालिसाैंं नेपाल भाषा साहित्य तः मुज्या सफल पार्न साेमबार स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय सामाजिक स्वास्थ्यकर्मी रामलक्ष्मी दुवालको संयोजकत्वमा स्वास्थ्य समिति गठन भएको हाे ।
भेलामा तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले तः मुज्याले कामगरी खाने जनताको सेवा र सहयोगका लागि साहित्य र साँस्कृतिक विधाहरु प्रदर्शन गर्दै आएको बताउँदै गरीब जनताले डक्टर भेट्दा, डाक्टरले लेखिदिएको पूर्जी समेत नबुझेर औषधी खान समेत समस्या भोग्ने गरेको स्मरण गरे।
उनले ४४ वर्ष अघिको पहिलो तःमुज्या र अहिलको तःमुज्यामा निकै फरक हुँदै आएको समीक्षा गर्दै सुरुमा तःमुज्याले सरसफाई, खानपान, रोग सम्बन्धी साहित्यहरु बढी पाठ हुने गरेको र हिजो आजको समयको परिवर्तन र प्रविधिको विकासले गर्दा साहित्य र साँँस्कृतिक विधा पनि फरक ढंगले प्रदर्शन भइरहेको बताए।
कार्यक्रममा ख्वप अस्पतालका प्रमुख डा. मजेशप्रताप मल्लले ख्वप अस्पताल नजिकै हुन गइरहेको तःमुज्या सफल गर्न स्वास्थ्यकर्मीको सहयोग हुने बताए। उनले तःमुज्या जनताको हो, जनता रहे भाषा रहने बताए।
कार्यक्रममा भनपा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सबैको सहयोगले तःमुज्या भव्य रूपमा सफल हुने बताउँदै आआफ्नो क्षेत्रबाट सहयोगको लागि अनुरोध गरे । सो अवसरमा ४४ औं तःमुज्याका सचिव सञ्जय मानन्धर र स्वास्थ्य समिति संयोजक रामलक्ष्मी दुवालले पनि बोलेका थिए ।