भनपा वडा नं .९ स्थित पाली फः फल्चा उद्घाटन

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १६ साउन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित पुनःनिर्मित पालि फः फल्चाको बुधबार एक कार्यक्रमबीच रिबन काटेर समुद्घाटन भएकाे छ ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमा बसी काम गर्ने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले कसैको सहयोगविना आफ्नै बलबलुत्तामा यहाँका सम्पदा पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै आएको बताए।


भक्तपुर नपाले सँधै आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउँदै उनले पर्यटन शुल्कबाट उठेको रकमले नगरको समग्र विकासमा थप टेवा पुगेको बताए।
वडाहरुको सम्भावना र आवश्यकताअनुसारको विकासमा जोड दिँदै आएको बताउँदै उनले उपभोक्ता समितिहरुले गरेको पारदर्शी कामकै कारण भक्तपुरमा सबै विकास निर्माणका कार्यहरु उपभोक्ता समितिबाट पुनःनिर्माण गर्न सम्भव भएको बताए।

भक्तपुरले शिक्षा र स्वास्थ्यमा गरेको उल्लेखनीय कामबारे धेरैले चासो व्यक्त गर्नुका साथै भक्तपुरको कामलाई प्रशंसा पनि गर्दै आएको बताउँदै उनले उपभोक्ता समितिबाट भएका काममा पारदर्शिता, अपनत्व र मौलिक सीप र स्रोतको समेत सदुपयोग हुँदै आएको बताए ।
भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले गर्ने हरेक गतिविधिमा आर्थिक पारदर्शिता भए मात्र जनताको विश्वास कायम रहने बताउँदै भक्तपुरका सांस्कृतिक सम्पदा पुरानै शैलीमा पुनःनिर्माण गर्ने प्रयास भएको बताए।
नगरका गल्ली गल्लीका चोक र सडकहरु स्तरोन्नति गर्ने कामहरु भइरहेको बताउँदै उनले सम्पदाप्रति जनताले अपनत्व ग्रहण गरेसँगै सम्पदाहरु संरक्षण हुँदै जाने बताए।
भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले साकोलानस्थित पालि फः फल्चा भक्तपुरकै पृथक शैलीका फल्चा रहेको बताउँदै उक्त फल्चा मौलिक शैलीमै संरक्षण गरी भक्तपुर नपाले उल्लेखनीय काम गरेको बताए।
कार्यक्रममा पालि फः फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरले उपभोक्ता समितिमा बसी निःस्वार्थ रुपमा काम गर्नेहरुलाई प्रोत्साहित गरिहनुपर्ने बताए।
समितिका कोषाध्यक्ष अलिसा मानन्धरले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भक्तपुर नपाको आर्थिक सहयोगमा निर्मित पालि फः फल्चा पुनःनिर्माणको लगत इस्टिमेट रु ३९ लाख ५१ हजार ७९९ र खर्च रु ३२ लाख ५९ हजार २१७ रहेको अवगत गराए।
कार्यक्रममा उपभोक्ता समितिका सदस्य रामकृष्ण मानन्धरले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *