भक्तपुरमा नेमकिपाको चुनावी सभा सुरू

Featured पर्यटन फाेटाे ग्यालरी राजनीति विशेष समाचार समाचार सम्पादकीय

आदर्श समाजको स्थापना नेमकिपाको मुख्य लक्ष्य-सचिव सुवाल

 

न्यूज अपडेट संवाददाता

भक्तपुर, ४ फागुन

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाको स्थापना आदर्श समाज बनाउनका लागि भएको बताए।

‘देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान अगाडि बढाऔं, मादल चिन्हमा छाप लगाऔं’ भन्ने मूल नाराका साथ भक्तपुर सूर्यमढीमा भएको नेपाल मजदुर किसान पार्टीको पहिलो चुनावी सभामा उम्मेदवार सुवालले उक्त भनाइ राख्दै समाजलाई बुद्धिजीवीकरण गर्न, योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्त गर्न नेमकिपा स्थापनाकालदेखि नै लागेको स्पष्ट पारे। उनले शासक दल भारतको चाहना बमोजिम नदीनाला सबै दिएपछि महँगोमा नेपालीले बिजुली किन्नु परेको बताए। उनले भने, ‘संसद नीति बनाउने थलो हो । अन्य दल भागवन्दामा मात्र सीमित भइरहेको छ ।’ साथै उनले ठूला दलहरुले आचार संहिता पालना नगरेको आौंल्याउँदै अमेरिकी संस्थाबाट पठाएका सहयोगको पछाडि लागेको स्पष्ट पारे । देश सिध्याउने दौडमा ठूला दल लागेको भन्दै उनले उनीहरु साम्राज्यवादीहरुको विभिषण बन्न नहुने तर्क राखे।

त्यस्तै वागमती प्रदेशका सांसद एवम् नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले यो चुनाव पहिलाको जस्तो चुनाव नभई देश जोगाउने वा हस्तान्तरण गर्नेको भएको स्पष्ट पारे । नेमकिपा देश जोगाउने पक्षमा लागेको बताउँदै उनले संसदमा नेमकिपा नरहे देश हस्तान्तरण गर्ने नाउँमा विभिन्न देशघाटी नीति सजिलै पारित गर्ने औल्याए। साथै यो चुनाव एक दुई जना भारतीय दलाल मन्त्री बनाउने नभई सिङ्गै मन्त्रीमण्डल भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको कब्जामा राख्नका लागि भएको स्पष्ट पार्दै उनले त्यसबाट जोगिन नेमकिपा आवश्यक भएको बताए।

कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले सत्तासिन पार्टीहरु कोही कसैसँग नैतिकता बाँकी नरहेको र नेमकिपासँग मात्र रहेको बताए । उनीहरु गठबन्धन हैन ठगबन्धन गरिरहेको स्पष्ट पार्दै नैतिक मूल्य र मान्यताको सिद्धान्तमा ठूला दलहरु सबै चुकेको उनको भनाइ छ ।

नेमकिपा भक्तपुर नगर निर्वाचन परिचालन समितिका अध्यक्ष लक्ष्मी भक्त लासिवाले चुनावै नभइकन प्रधानमन्त्री घोषणा गर्नेहरुलाई एनजीओ आाइएनजीओले चलाएको स्पष्ट पारे। उनले सहकारी ठगहरुले जनतालाई झुक्याउन सक्नेप्रति सचेत हुनुपर्ने बताए।

निर्वाचन परिचालन समिति सूर्यमढीका संयोजक काशिलाल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वरी कोजू, लक्ष्मी प्रसाद कुसी, क्रिषला प्रजापतिलगायतले बोलेको थियो ।

कार्यक्रमको बीचबीचमा जनगायक विनोद विक, भिम प्रसाद प्रजापति, कृष्णा गाइजू, पासा पुचः, कमिचागल्ली दिदीबहिनी समूहलगायतले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *