सार्थक कार्यान्वयनबिनाको बजेटको खासै अर्थ नहुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ वागीश्वरीमा वजेटबारे अन्तरक्रियावागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताए । अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित […]

Continue Reading

भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा उपसमितिको आयोजनामा अनाधिकृत रुपमा इन्टरनेटबाट सूचना चोरी हुनबाट सजग र सचेत तुल्याउन सदस्यहरुबीच साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले हाम्रो दैनिकीलाई कानुनी रुपमा सजग र सचेत गर्नुपर्ने अन्यथा कानुनी दण्ड सजाय भोग्न बाध्य […]

Continue Reading

२० खर्ब हाराहारीको बजेटकाे प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतले भने, ‘त्यो सीमाभित्रै बजेट बनाउने प्रयास गरे पनि असम्भव भएको’ बताए। सरकारले चालु आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो। स्रोत समितिले दिएको सिलिङभन्दा […]

Continue Reading

भक्तपुर बचतमा संशोधित सहकारी ऐन, २०७४ सम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले संशोधित सहकारी ऐन, २०७४ तथा नेपाल राष्ट्र बैंकको सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच मंगलबार संस्थाको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(प्रोप्स्कून)का व्यवस्थापक केशव प्रसाद दाहालले उक्त […]

Continue Reading

समृद्धि कृषि सहकारीको पाँचौ साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ जेठ     भक्तपुर च्याम्हासिंहस्थित वि.सं. २०७० असार १९ गते विधिवत रुपमा दर्ता भएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको शनिबार पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै स्वच्छ मन र स्वस्थ कृषि उत्पादन गर्ने किसान नै […]

Continue Reading

मेटालाई ७ दिनकाे अल्टिमेटम

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ बैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दोहोर्‍याएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको […]

Continue Reading

नेप्से २७ सयभन्दा तल, बढ्यो कारोबार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे […]

Continue Reading

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ […]

Continue Reading

शालिग्राम सङ्ग्रहालयमा एक लाख बढी पर्यटक

न्यूज अपडेट संवाददाता बागलुङ, ६ बैशाख जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर शुरूङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक […]

Continue Reading

नगरकोट भ्रमण वर्ष–२०८२ को उदघाटन समारोह तीन दिन हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ चैत पर्यटकीय क्षेत्र नगरकोटमा आउँदो २०८२ साल वैशाख १ गतेदेखि नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर ’नगरकोट भ्रमण वर्ष–२०८२’ एक वर्षसम्म भव्य रुपमा मनाउने जमर्को गरिएको छ । यो भ्रमण वर्षको आयोजकको रुपमा चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिका रहेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । नगरकोट […]

Continue Reading