समृद्धि कृषि सहकारीको पाँचौ साधारणसभा सम्पन्न

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३ जेठ

   
भक्तपुर च्याम्हासिंहस्थित वि.सं. २०७० असार १९ गते विधिवत रुपमा दर्ता भएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको शनिबार पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


प्रमुख अतिथि एवम् वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै स्वच्छ मन र स्वस्थ कृषि उत्पादन गर्ने किसान नै देशको अन्नदाता भएकाले वार्षिक रुपमा किसानहरुलाई संस्थाले सम्मान गर्नुपर्ने बताए । उनले देशको समृद्धिको आधार कृषि क्षेत्र पनि भएकाले कृषि क्षेत्रलाई अध्ययन र अनुसन्धानको विषय बनाउनुपर्ने बताए । स्वाधिन अर्थतन्त्रको निम्ति कृषि कर्म महत्वपूर्ण रहेको बताउँदै उनले कृषि क्षेत्रमा काम गर्ने कृषक हेपाइको विषय बनाउन नहुने स्पष्ट पारे । संस्थाले कृषकका लागि आवश्यक उन्नत जातनका बिउ विजन उपलब्ध गराउनुपर्ने, आधुनिक कृषि उपजका उपकरण अनुदानमा उपलब्ध गराउनुपर्ने, कृषि तालिम दिनुपर्नेलगायतका कार्यहरु गर्दै जानुपर्नेमा उहाँले जोड दिए ।


भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रत्नप्रसाद प्रजापतिले सहकारीको विकास कृषि क्षेत्रको विकासकै लागि सुरु भएकाले यस संस्थालाई क्रियाशिल बनाई अघि बढ्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाले गर्दा नै आर्थिक कारोबारहरुमा महिलाको उपस्थितिमा वृद्धि भएको बताए । साथै कृषि क्षेत्रलाई अझ व्यवस्थित रुपमा अगाडि बढाउन स्थानीय कृषकहरुलाई विभिन्न तालिम र अनुदान दिनुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले नीतिगत रुपमा भक्तपुर बचतलाई सहजीकरण गर्न यस संस्थाको स्थापना भएको बताउँदै अब यो संस्थालाई निरन्तरता र जिबन्त बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन समितिका कोषाध्यक्ष छोरीमैया सुजखुले प्रस्तुत गरेको थियो भने लेखा संयोजक सत्यनारायण साँयजुले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । संस्थाका उपाध्यक्ष रामलक्ष्मी दुवालले स्वागत गरेको उक्त कार्यक्रममा अञ्जना छुस्याबागले पनि बोलेको थियो ।


कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सत्यनारायण साँयजुको प्रतिवेदन, आ.व. २०८१/०८२ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र सदस्यता वृद्धिसम्बन्धी विभिन्न प्रस्तावहरु उक्त साधारणसभाबाट पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *