भक्तपुर बचतको २८औं साधारणसभा असोज ४ गते ब्रह्मायणीमा

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ भदौ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा यही असोज ४ गते शनिवार ब्रह्मायणीस्थानमा हुने भएको छ ।
उक्त साधारणसभा तयारी र जिम्मेवारी दिन सञ्चालक समितिको आयोजनामा संस्थाको समिति, उपसमिति, कर्मचारीबीचको बुधबार भएको भेलामा उक्त जानकारी दिएको हो ।


कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका साथीहरु दत्तचित्त भएर लागे हरेक कार्य पूरा हुने बताउँदै आगामी साधारणसभामा पनि सबैको साथ समर्थन आवश्यक रहेको बताए । विभिन्न समयमा भएका कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले दिएको सुझाब र सबै सदस्यको एकताले नै भक्तपुर आदर निकेतन खोल्न सफल भएको उनको तर्क छ । सहकारीले विभिन्न उपसमितिको आयोजनामा विभिन्न तालिम तथा कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्न सकेको बताउँदै सांस्कृतिक उपसमितिको आयोजनामा हुन लागेको नौ बाजा प्रशिक्षणका लागि पनि सक्रियता जनाउनुपर्ने उनको जोड छ । सहकारीको अहिलेको प्रकृति पहिलाभन्दा फरक भएको बताउँदै राष्ट्र बैंकको निर्देशिका, प्राधिकरणको मापदण्ड र सहकारी विभागको निर्देशनले सहकारीलाई निकै गाह्रो बनाएको उनको भनाइ छ ।


संस्थाका सचिव जगनाथ प्रजापतिले २८ औं वार्षिक साधारणसभा तयारी पूरा गर्न विभिन्न समिति, उपसमितिलाई नै जिम्मेवारी दिने निर्णय अनुसार शिक्षा उपसमितिलाई मञ्च तथा प्राविधिक व्यवस्थापन, युवा उपसमितिलाई खाजा तयारी व्यवस्थापन, वित्त व्यवस्थापन उपसमितिलाई खर्च व्यवस्थापन, कृषि उपसमितिलाई सरसफाई व्यवस्थापन, सूचना तथा प्रकाशन उपसमितिलाई प्रचारप्रसार व्यवस्थापन, सांस्कृतिक उपसमितिलाई सांस्कृतिक प्रस्तुति व्यवस्थापन, खेलकुद उपसमितिलाई स्वयम् सेवक व्यवस्थापन, स्वास्थ्य उपसमितिलाई स्वास्थ्य हेरचाह व्यवस्थापन, ज्येष्ठ तथा बाल सदस्य उपसमितिलाई उपस्थिति रकम वितरण व्यवस्थापन, व्यवसाय प्रबद्र्धन उपसमितिलाई अतिथि सत्कार तथा जलपान व्यवस्थापन, महिला उपसमितिलाई स्वागत तथा अतिथि सत्कार व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अनुगमन उपसमितिलाई कार्यक्रम तयारी व्यवस्थापन र प्रगति प्रतिवेदन तयारी समितिलाई प्रतिवेदन तयारीको जिम्मेवारी दिएकोमा सबैले एकता प्रदर्शन गरी सफल बनाउनुपर्ने बताए । उनले संस्थाको साधारणसभालाई सफल बनाउन भाद्र १ गतेदेखि असोज ४ गतेसम्मकै कार्यक्रम तालिकाबारे जानकारी दिए ।
संस्थाका सहसचिव तारादेवी धन्छाले साधारणसभालाई प्रभावकारी र सफल बनाउन सबै तहबाट साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *