भक्तपुर बचतमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १० माघ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खेलकुद उपसमितिको आयोजनामा शनिबार खुला जिल्ला स्तरीय स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका जम्मा ६४ जना खेलाडिले सहभागिता जनाएका छन् । निर्णायकहरु इन्द्रभक्त पंच, राजेन्द्र प्रजापति र प्रवीण बखुन्छे रहेको उक्त प्रतियोगितामा कक्षा ५ देखि ७ सम्म एक समूह र कक्षा ८ देखि १० सम्म एक समूह गरी जम्मा दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा अधिकतम समय खपत गरी ४ फिट चौडा र ३० फिट लम्बाइ पार गर्ने प्रतियोगीलाई विजयी घोषित गरिएको थियो ।

प्रतियोगितामा पहिलो समूह अन्तर्गत समाज सुधार माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी न्युगेन प्रजापतिले अधिकतम समय खपत गर्न सफल भई प्रथम उपाधी हासिल गर्न सफल भएको छ । त्यस्तै वागीश्वरी मावि कक्षा ६ का विद्यार्थी विराज गपीले द्वितीय स्थान हासिल गरेको छ भने बाल विकास इङ्गलिस सेकेन्डरी स्कूल कक्षा ६ का सिद्धार्थ कोजुले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै दोस्रो समूह अन्तर्गत ख्वप्रिङ्ग इङ्गलिस एकेडेमी कक्षा ९ का आयुष थापामगरले प्रथम स्थान हासिल गर्न सफल भएको छ । थी थी साकोसको तर्फबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थी रेवत शाक्यले द्वितीय स्थान र ख्वप्रिङ्ग इङ्गलिस एकेडेमी कक्षा ९ का विद्यार्थी हिमान्सु गुप्ताले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रमपश्चात् अतिथिहरुबाट पुरस्कृत प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *