भाद्र २७ देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌

Featured कला/साहित्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार शिक्षा समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ साउन

भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌छ । ‎ ‎

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने छन् । यसका लागि श्रावण २६ गते सम्म दर्ता गर्ने ‎समय तोकिएको छ। अडिसन‌ भने भाद्र २७ मंगलवार बिहान ११ बजे देखि हुने जानकारी प्राप्त भएको छ । ‎ ‎सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगितकार गनु राज राई र गायिका सरिता प्रजापति रहनु हुने जानकारी प्राप्त भएको छ।

‎कार्यक्रममा साउण्ड पार्टनरका ‎रूपमा बास साउण्ड , रेडियो पार्टनरको रूपमा भक्तपुर एफएम, अनलाइन मिडिया पार्टनर एबिसिडी खबर तथा ज्ञानखबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी , संगीतग्राम गुरुकुल नेपाल तथा विवेक साउण्ड स्टुडियोले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेकाे जानकारी छ। ‎ ‎

स्मरणीय छ भ्वाइस अफ वागीश्वरी प्रथम २०७२, दोस्रो २०७८ सालमा र तेस्रो संस्करण २०८० सालमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *