ब्युटी पार्लरमा गैरकानुनी दन्त चिकित्सा सेवा!

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य
न्यूज अपडेट संवादददाता
काठमाडाैं, १८ असार

नेपाल डेन्टल एसोसिएसनले काठमाडौंको कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

एसोसिएसनले नेपाल ब्युटी पार्लर संघलाई पत्र लेख्दै यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न माग गरेको छ। एसोसियसनका महासचिव डा प्रदिप भन्डारीद्वारा हस्ताक्षरित पत्रमा उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा लगाउने कार्यको भिडियो टिकटकमा राखेको र यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख छ।

नेपालको प्रचलित कानुनअनुसार दन्त चिकित्सा सम्बन्धी कार्य नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउने व्यवस्था छ। तर, गैर–लाइसेन्स प्राप्त व्यक्तिबाट यस्ता सेवा प्रदान गर्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्ने एसोसिएसनको ठहर छ।

पत्रमा यस्ता गतिविधिले ब्युटी पार्लर व्यवसायको साखमाथि समेत प्रश्न उठेको भन्दै तत्काल रोक्न र यस्ता कार्य दोहोरिन नदिन नेपाल ब्युटी पार्लर संघलाई कडा कदम चाल्न आग्रह गरिएको छ।

एसोसियसनले चेतावनी दिँदै आवश्यक कदम नचालिए कानुनी कारबाही अगाडि बढाउने बताएको छ।

‘यस्ता गैरकानुनी कार्यले जनस्वास्थ्यमा जोखिम त बढाउँछ नै, पेशागत मर्यादामाथि पनि आघात पुग्छ,’ डा भन्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले ब्युटी पार्लर संघले यस विषयमा गम्भीर भएर तत्काल कारबाही गर्ने विश्वास व्यक्त गरेको छ। ब्युटी पार्लर संघले भने यो विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *