आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैनः विजुक्छेँ

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार शिक्षा समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ पुस


आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैन । हरेक क्षेत्रमा विदेशी प्रभाव रहेसम्म देश अर्धउपनिवेश नै बन्छ । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाउने गरी अध्यापन गर्नुपर्छ अन्यथा देशले त्यसको परिणाम भोग्नुपर्ने हुन्छ ।

उक्त भनाइ नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा मङ्गलवार महामञ्जुुश्रीस्थित कलमसीमा भएको वार्षिक भेटघाट कार्यक्रममा बताएको हो ।

उदारवादका नाममा पुँजीवादीहरुले आर्थिक र सांंस्कृतिक रूपमा नवउपनिवेश लाडेर जनतालाई दिग्भ्रमित पार्दै व्यक्तिवादी बनाउन थालेकाले नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने तर्क उहाँको रहेको छ ।

शिक्षा क्षेत्रलाई नराम्रोसँग ध्वस्त पारेपछि मात्र साम्राज्यवादीहरुले आफ्नो स्वार्थ पूरा गर्न सक्ने भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकका साथै विद्यार्थीहरुलाई व्यावहािरक तथा नागरिक शिक्षा दिनुुपर्ने उहाँले स्पष्ट पारे । सबैलाई ठिक भएपछि आफूलाई पनि ठिक हुने ज्ञान अहिले आवश्यक हुँदै गएको उहाँको धारणा छ ।

पूँजीवादी शक्तिहरु विभिन्न शैलीमा अगाडि बढिरहेको बताउँदै उनले साम्राज्यवादीहरुले भनेजस्तै देशमा लाड्न खोज्नु गलत भएको बताए । शिक्षा क्षेत्रलाई अनिवार्य र निःशुल्क नबनाएकै कारण अहिले शिक्षा महँगो हुुन गएको उनले बताए । यही कारण विद्यार्थीहरु कामदारका रुपमा बाहिरी मुलुकमा जान बाध्य भएको र साम्राज्यवादीहरुले सस्तो कामदार पाइरहेको टिप्पणी उनको रहेको छ ।

अमेरिकी डलरको विकल्पमा चीन रुस भारतसहितका देश लागिपरेकाले अहिले अमेरिकालाई अप्ठ्यारो हुन थालेको र अमेरिकाले चीनलाई साम्राज्यवादी मुलुक हो भनेर अफ्रिका, दक्षिण अमेरिकालगायतका मुलुकलाई दिग्भ्रमित पार्न खोज्दा पनि सफल हुन नसकेको जानकारी उनले दिए ।

वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन हरतरिकाले प्रयास भइरहेको र गुुणस्तरलाई ध्यान दिइरहेको बताए ।

भक्तपुरमा शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलनका साथसाथै अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न थालेको बताउँदै भक्तपुरकै विषय अध्ययन अध्यापनको विषय बनाएर लानुपर्ने धारणा राखे ।

सबैको साथ र सहयोगकै कारण वागीश्वरी कलेजले जिल्लामा नै पहिलो पटक सामुदायिक कलेजतर्फ क्यूूएए प्राप्त गर्न सफल भएको चर्चा गर्दै उनले आवश्यकताअनुसार भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको र अहिले पनि अपुुग भएको जानकारी दिए ।

त्रिविको लापर्वाहीका कारणले पनि विद्यार्थीहरुमा निराश भएर मुलुक छोड्ने गरेका कारण ख्वप विश्वविद्यालयको माग गरेकोमा मन्त्रीपरिषदमा पुुगेपछि कानुुन र संविधानको अभाव देखाउँदै सरकारले बाधा हालेको उनले स्पष्ट पारे ।
सरकारले रोकेपनि विश्वविद्यालयस्तरको शिक्षा दिन लागिपरेको बताउँदै उनले ख्वप विश्वविद्यालयमा आवद्ध हुन सक्ने शैक्षिक संस्थाहरुसँग विद्यार्थी र जनशक्तिका हिसावले २४ वटा विश्वविद्यालयस्तरका निकायहरुमा चौंथो स्थानमा रहेको जानकारी दिए ।

बागमति प्रदेशका सांसद सुुरेन्द्रराज गोसाइँले ३५ वर्षमा सरकारमा गएका दलहरुले नवउदारवादका नाममा राम्रो बनाउने भन्दै ध्वस्त पारेका कारण नयाँ पुस्ता विद्रोहमा आएको धारणा राखे । नयाँ पुुस्ताको आन्दोलनलाई अमेरिकी साम्राज्यवादको साथ र प्रशिक्षण रहेको घटनाक्रमले पुष्टि गर्दै लगेको उनले स्पष्ट पारे । आन्दोलनमा पानी मात्र खुवाउन गएको मान्छे अहिले दलहरु एकीकरण गराउँदै हिंडेको र उनी कहाँबाट परिचालित भन्ने कुरा सार्वजनिक हुन थालेको पनि उनले बताए ।

अमेरिकी सरकारलाई रिझाउन र खुशी पार्नका लागि एमसीसी र इन्डोप्यासिफिक रणनीतिलाई सरकारमा गएका दलहरुले निम्त्याएकै कारण अहिले समीकरण बनिरहेको र सरकार फेरबदलमा चलखेल गर्न अमेरिकालाई सहज भएको उनको टिप्पणी रहेको छ ।

सरकारमा जाने ठूला दलहरुले ठेकेदार र म्यानपावर कम्पनीका सञ्चालकहरुलाई सांसद र नेता बनाएकै कारण राजनीतिमा फोहोर पसेको र उनीहरुलाई एमाले कांग्रेस र माओवादीले गंगाजल छर्केर चोख्याउन खोज्दा देश नै खतरामा पुुगेको उनले बताए ।

अहिले समाजमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै आएको र राजनीति भनेको फोहोरी खेल भन्नेहरु नै मन्त्री प्रधानमन्त्री बन्छु भनेर आउन थालेकोमा उनले आश्चर्य व्यक्त गरे ।

बागमती प्रदेशकै सांसद सृजना सैंजूले वागीश्वरीको भूमिका र योगदान अतुुलनीय भएको बताउँदै शिक्षा क्षेत्रको ज्वलन्त उदाहरणको रुपमा वागीश्वरी आइरहेको धारणा राखे । अहिले विश्वविद्यालयले विश्वविद्यालयको जस्तो काम नगरेको र विदेशी सम्बन्धन प्राप्त कलेजहरुको लुुटतन्त्र छरपरस्ट हुन थालेको दृष्टान्त सांसद सैंजूूले पेश गरे । पश्चिमा सामाजिक सञ्जालले दिग्भ्रमित बनाउने भएकाले विद्यालय कलेजले वास्तविक ज्ञान प्रदान गर्न पाठ्यपुुस्तक बाहेकका शिक्षाहरु पनि दिनुपर्ने धारणा उनले राखे ।

अमेरिकी साम्राज्यवादले ५० भन्दा वढी मुलुकमा सत्ता उथलपुुथलको प्रयास गरेकोमा ९० प्रतिशत सफल भएको र बंगलादेश श्रीलंका पछि नेपालमा पनि अमेरिकी रणनीतिले खेलेको बताए । अमेरिकालाई इराक र अफगानिस्तानको सत्ता उथलपुुथल महँगो भएका कारण अहिले नयाँ शैलीमा प्रस्तुुत भएको र चीन घेर्ने नीतिअनुसार नेपालमा आन्दोलन गराएको आरोप उनले लगाए ।

वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले वागीश्वरीमा सिटीइभिटीका कक्षाहरु, प्राविधिक कक्षा, खुल्ला विद्यालय र अन्य तालिमहरु पनि सञ्चालन भइरहेको जानकारी दिए । वागीश्वरीले शैक्षिक गन्तव्य बनाउन प्रयास गरिरहेको बताउँदै अन्य सफल विद्यालयहरुको सफलतालाई अंगिकार गर्दै विद्यालयलाई थप उचाइमा पुु¥याउने बताए ।

वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले पूर्वाधार थप गर्ने क्रममा भवन खरिद र जग्गा खरिदका कार्य भइरहेको जानकारी दिँदै नमुना शिशुस्याहार केन्द्र बनाउने गरी कार्य भइरहेको बताए ।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले धन्यवाद ज्ञापन गरेको कार्यक्रम मानविकी संकाय प्रमुख राजन फेलुु, शिक्षक बल्बुकुमार राउतले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *