सोलु करिडोर प्रसारण लाइन निर्माण सम्पन्न

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न […]

Continue Reading

जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा […]

Continue Reading

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

न्यूज अपडेट, संवाददाता भक्तपुर, ११ कात्तिक विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण […]

Continue Reading

इन्टरनेटको शुल्क मासिक ३०० रुपैयाँसम्म बढाउने निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार यो निर्णयबाट करिब ९२ […]

Continue Reading

आज सूर्यग्रहण : नेपालमा बार्नु नपर्ने

न्यूज अपडेट काठमाडाैं, २७ जेठ आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा […]

Continue Reading

वर्ल्डलिंकलाई उचाइमा पुर्‍याएर विदा भए विजय, ४७ वर्षको अल्पायुमै निधन

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको बिहीबार विहान निधन भयो । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको अल्पायुमै निधन भएको हो । जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनी कम्पनीमा निर्देशकमा रुपमा अहिले पनि काम गरिरहेका […]

Continue Reading

अन्तरिक्षमा स्थायी स्टेशन बनाउँदै चीन, नयाँ यान प्रक्षेपण

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ । वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च ५ बी रकेटमा राखेर प्रक्षेपण गरिएको हो । आफ्नो स्थायी […]

Continue Reading

यन्त्रमानवः मानव अस्तित्वको एक जटिल चुनौती

वर्षा खत्री भक्त्पुर, ९ वैशाख विज्ञान, प्रविधि र यसको आविष्कारले मानव जगतलाई धेरै सहज बनाएको छ। हाल २१औं शताब्दीको मुलुक प्रत्येक दिन केही न केही आविस्कार गरिरहेको छ । विश्वमा विकसित मुलुक भनेर चिनिने मुलुकहरुबीच नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको छ। यसरी विज्ञान र प्रविधिको विकास हुँदा सम्म त ठिकै थियो तर यही विज्ञान र […]

Continue Reading

नर्भिकले टेस्ट ट्युब बेबी सेन्टर संचालनमा ल्याउने

न्यूज अपडेट काठमाडाैं ११ चैत थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ। विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र (टेस्ट ट्युब बेबी सेन्टर)नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो। अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले […]

Continue Reading

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने सरकारको तयारी

न्यूज अपडेट काठमाडाैं, २८ माघ सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न […]

Continue Reading