भक्तपुर बारको ३४ औं साधारणसभा सम्पन्न

Featured विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ कार्तिक


नेपाल बार एशोसिएसन भक्तपुर जिल्ला अदालत बार इकाईको ३४औं वार्षिक साधारणसभा शुक्रबार भक्तपुर जिल्ला अदालतको सभाहलमा सम्पन्न भएको छ ।

नेपाल बार एशोसिएसन केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजय प्रसाद मिश्रले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले न्यायाधिशहरुलाई कानुन बमोजिम कार्य गर्न बार एशोसिएसनबाट निरन्तर दबाब दिनुपर्ने बताए । उनले न्यायालयमा पारदर्शिता कायम राख्न शुद्धीकरणको प्रयासलाई निरन्तरता गर्नुपर्नेमा जोड दिए । साथै राम्रा न्यायाधिशको संरक्षण गर्नुपर्ने बताउँदै न्यायाधिशको बदनाम गर्न कालो कोटमा पैसा उठाइ हिडेको प्रसङ्ग बताए ।

कार्यक्रममा विशेष अतिथि एवम् भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधिश नवराज दाहालले घरभित्रको फोहोरलाई यत्रतत्र छर्न नदिई निकाल्नुपर्ने अन्यथा सबैलाई नोक्सान हुने स्पष्ट पारे । कर्मले भन्दा अनावश्यक प्रचारबाजीले कानुन व्यवसायीको शिकार भैरहेकोप्रति खेद व्यक्त गर्दै उनले भ्रष्टाचार गर्ने न्यायाधिश भए त्यसलाई मात्र कारबाही गर्नुपर्ने बताए ।

नेपाल कानुन आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशीले जिल्ला न्यायाधिशहरु निर्भिक हुनुपर्नेमा जोड दिँदै देशी विदेशी शक्तिबाट नेपालको न्यायपालिका बिकेको खण्डमा देश सकिने स्पष्ट पारे ।

भक्तपुर बारका अध्यक्ष राम सुन्दर खाइतुको सभापतित्वमा भएको उक्त कार्यक्रममा न्यायाधिश, वरिष्ठ अधिवक्ता, अधिवक्तालगायतबाट सफलताको शुभकामना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *