भक्तपुर बचतमा नियमित शिक्षा शिविर सम्पन्न

Featured अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ कार्तिक


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा शनिबार संस्थाकै सभाहलमा शिक्षा शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सहकारीको विगत र वर्तमान अवस्थाबारे अवगत गराउँदै हिजोको स्वायत संस्था आज प्राधिकरणको नियन्त्रणमूखी नीति तथा निर्देशनले सहज रुपमा सञ्चालन गर्न नसकिने औंल्याए । बैंक र सहकारीबीचको भिन्नताबारे स्पष्ट पार्दै उनले सहकारीमा मासिक रुपमा नियमित बचत गरेबाट संस्था र सहकारीबीचको अपनत्व बढेको बताए । उनले संस्थाको सेवा सुविधाबारे जानकारी दिँदै संस्थाले आर्थिक कारोबारसँगै सामाजिक, सांस्कृतिक, खेलकुद, स्वास्थ्य तथा विविध क्रियाकलाप र सदस्यका हितका लागि तालिमहरु सञ्चालन गरिरहेको बताए । आइतबार सार्वजनिक विदा दिन सरकारले पत्राचार गरेपनि संस्थाले पर्व विदा र सार्वजनिक विदामासमेत विहान ७ बजेदेखि १० बजेसम्म नियमित सञ्चालन गरिरहेको जानकारी दिए । सहकारी प्राधिकरण र राष्ट्र बैंकबाट जारी गरेका नीति निर्देशनबारे जानकारी दिँदै संस्थाभित्रका हरेक क्रियाकलापबारे नियमित रुपमा सदस्यहरुले अद्यावधिक गरिरहनुपर्नेमा जोड दिए ।


आयोजक समितिका संयोजक संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले प्राधिकरणले सबै सहकारीलाई एउटै किसिमबाट हेरेको कारण यस्तो सामुदायिक सहकारीमा समेत असर परेको स्पष्ट पाए । उनले सहकारीको पैसा दुरुपयोग गर्नेलाई मात्र कारबाही गर्नुपर्नेमा सबैलाई कारबाहीको शिकार गरेको आौंल्याए । साथै संस्थाको संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनमा ३८ जना ज्येष्ठ नागरिकले सेवा पाइरहेको उनले बताए ।

संस्थाका व्यवस्थापक सत्यनारायण साँयजुले संस्थाको हालको बित्तीय अवस्थाबारे जानकारी गराएको उक्त कार्यक्रममा शिक्षा उपसमितिका सदस्य जयराम कोजुले पनि बोलेको थियो । आ.व. २०८३/०८४ को यो तेस्रो पटकको शिक्षा शिविरमा ८० जनाले नयाँ सदस्यका लागि आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *