नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँडसहित १२ जना राज्यविरुद्धको कसुरमा दोषी ठहर

Featured राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ असार

एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी (विक्रम), आङटावा शेर्पा र शरणार्थी नेता टेकनाथ रिजाललाई पनि राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने योजनामा संलग्न रहेको अदालतको ठहर छ।

यसै प्रकरणमा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियार (सहयोगी) को रूपमा दोषी ठहर गरिएको छ।

लिखत किर्ते सम्बन्धी कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्र दोषी ठहर भएका छन्। अन्य सबै प्रतिवादीले उक्त कसुरमा सफाइ पाएका छन्।

संगठित अपराधको कसुरमा टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई प्रमुख कसुरदारका रूपमा दोषी ठहर गरिएको अदालतको फैसलामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *