भक्तपुर साकोसमा दुई महिने व्युटिसियन तालिमको समापन

Featured अर्थ/वाणिज्य कला/साहित्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

भक्तपुर, ३१ जेठ

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा सञ्चालित दुई महिने व्युटिसियन तालिमको विहीबार समापन भएकाे छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संकृति र सम्पदा संरक्षणमा विषेश प्राथमिकता दिदै ख्वप अस्पताल सञ्चालन गर्नु, ६ वटा शिशु स्याहार सञ्चालनमा रहेको, घरदैलो नर्सिङ्ग सेवा प्रदान गर्दै आएको, उच्च शिक्षा हासिल गर्नको लागि ८ वटा शैक्षिक संस्थाहरुको सञ्चालन गर्नु र शैक्षिक ऋण प्रदान गर्नु, आदर निकेतनको सञ्चालनको शिलशिलामा रहेको बताए। यस्तो सामाजिक गतिविधिमा नगरपालिकाले मात्र नभई विभिन्न संघ संस्थाले पनि साथ र सहयोग गर्दै आइरहेको उनले बताए। समाज परिवर्तनको लागि अझ थप विषयमा अध्ययन अनुसन्धान गर्दै जानुपर्ने उनले बताए।


संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सिपले सिंगो समाजको परिवर्तन गर्न सकिने बताउँदै संस्थाले विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा पनि संस्थाले सदस्य र समाजको हितका लागि निरन्तर रुपमा समय र परिस्थितिको माग अनुरुप तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए। साथै उनले भौतिक सुन्दरताका साथै बौद्धिक सौन्दर्यतालाई पनि निर्खादै तालिमबाट सिकेको सिपलाई व्यवसायिक रुप प्रदान गरी भविष्यलाई सुन्दर बनाउनुपर्ने बताए । साथै आवश्यक परेको खण्डमा संस्थाले निरन्तर रुपमा साथ दिने उनले बताए।

तालिमका प्रशिक्षक कृष्णाज मेकअप एण्ड ट्रेनिङ्ग इस्टिच्यूटका कृष्ण लक्ष्मी त्यातले विगत १७ वर्षदेखि निरन्तर रुपमा महिलाहरुको सिप विकासका लागि, महिला सशक्तीकरण, उद्ययमशिलता, प्रवर्धन र आत्मनिर्भर समाजको विकासका लागि राष्ट्रिय, अन्र्तरराष्ट्रिय अवसरहरुको पहुँचसम्म पुग्ने उद्धेश्य प्राप्तीका लागि संस्थाले तालिम सञ्चालन गरी रंगमञ्च तयार गरिदिएको र समुदायको सिप विकासका लागि आत्मनिर्भर समाजको सृजनाका लागि संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

कार्यक्रममा सभापति रामेश्वरी कोजूले संस्थाले जाहेर गरेको प्रतिबद्धताको सार्थतकताको लागि संस्थाले २६ जना साथीहरुलाई व्यूटिसियन तालिम सञ्चालन गर्नु नै संस्थाको सफलता हो, कुनै पनि सिप तालिमको रुपमा मात्र नहोस् आगामी भविष्यको पूँजीको रुपमा फक्रियोस भन्दै कार्यक्रम समापन होइन नयाँ यात्राको शुरुवात भएको बताए । उनले तालिम समाजको हितमा हुने कुरामा संस्था विश्वस्त रहने बताए।

महिला उपसमितिका सदस्य जगनालक्ष्मी तुईतुईले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थी सबिना गोजा र स्मृती घिमिरेले पनि तालिमको औचित्यताबारे बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *