न्यूज अपडेट संवाददाता
भक्तपुर, २८ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ ।
संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताए । उनले आफूले सिकेको कलालाई मौलिक रुपमा प्रस्तुत गर्न रुपरेखासँगै अध्ययनको आवश्यकता औंल्याए । साथै उनले तालिमबाट आन्तरिक क्षमता वृद्धि गर्ने अपेक्षा गरे ।
तालिमका प्रशिक्षक शरद राईले आफूसँग रहेको कलात्मक प्रस्तुतीलाई सिलसिलाबद्ध रुपमा चित्त बुझ्ने गरी दिने कला नै भाषणकला भएको प्रष्ट्याए । उनले प्रश्न सोध्नेभन्दा सही समयमा सही उत्तर दिने व्यक्ति महत्वपूर्ण हुने बताए । साथै उनले तालिमको औचित्य र महत्वमाथि प्रकाश पारे ।
कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, विकल कोजुलगायतले तालिमबारे बोलेको थियो । तालिममा २२ जनाकाे सहभागी भएका छन् ।