सूर्यमढीमा वृहत कार्यकर्ता प्रशिक्षण

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २८ जेठ
नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा आइतबार वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ ।

नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागतमी प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले व्यवस्थित संगठन गर्ने प्रक्रियाबारे स्पष्ट पार्दै कार्यकर्ताहरु संशोधनवाद र अवसरवादमा फस्न नहुने बताए । उनले पहिलेभन्दा अहिले सूचना प्रविधिका कारण सजिलै विभिन्न गतिविधिहरु गर्न सक्ने बताए । हरेक कार्यकर्ताहरु इमानदारीपूर्वक काम गरेकै कारण नेपाल मजदुर किसान पार्टीको प्रतिष्ठा बढेको बताउँदै उनले राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा नेमकिपाको संघर्षबारे चर्चा गरे ।

भनपा ९ का वडाअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले सांगठनिक संरचनाबारे स्पष्ट पार्दै नेमकिपाको देनबारे चर्चा गरे ।

आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुले विश्व मानव इतिहासको विकाससँगै आएको परिवर्तनबारे स्पष्ट पार्दै नेपाल कम्युनिष्ट आन्दोलन र नेमकिपाको इतिहासबारे स्पष्ट पारे । उनले माक्र्सबाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराबारे चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीले मात्र कम्युनिष्ट आचरणलाई देखाएको स्पष्ट पारे ।

आयोजक समितिका उपाध्यक्ष काशिलाल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा सचिव लक्ष्मीप्रसाद कुसीले नेपाल मजदुर किसान पार्टीले पार्टी सदस्यता वितरण कार्य अन्य पार्टीले जस्तै हचुवाको भरमा टिकाटालो गरी नदिने बताए । उनले कार्यकर्ताहरुलाई राजनीतिक रुपमा सचेत र संगठित पारेपछि मात्र सदस्यता प्रदान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *