लन्डनस्थित नेपाली दूतावासमा डा सन्दुक रुइतलाई सम्मान 

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
 न्यूज अपडेट संवादाता
काठमाडाैं, २५ असार

बेलायत निवासी समाजसेवी तथा व्यवसायी तेज कोहलीले डा रुइत फाउन्डेशनसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिए। उनले रुइत फाउण्डेसनसँग मिलेर आफ्नो फाउन्डेशनले सन् २०३० सम्ममा विकासशील मुलुकहरुमा बसोबास गर्ने झन्डै दश लाख मानिसहरुको नेत्र परीक्षण गरी तीन लाखदेखि पांच लाख बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष लिएर काम गरिरहेको  बताए।

उक्त समारोहमा बोल्दै डा रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उनको स्वास्थ्य मात्रै नभै उनको  पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आएको तथ्यलाई प्रस्तुत गरे।  उनले गरीब समुदायका व्यक्तिहरुको दृष्टि पुनर्बहाली गर्न सघाउन सबैलाई आग्रह पनि गरे।  उक्त कार्यक्रमबाट उठेको सहयोग रकम रुइत फाउन्डेशनलाई प्रदान गरिने एनडीए युकेले जनाएको छ। कार्यक्रमको संचालन एनडीए युके कार्यसमिति सदस्य डा आरति हमालले गरेकी थिइन्। यसै साता ब्रिटेनको एङ्ग्लिया रस्किन विश्वविद्यालयले डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *