नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

कला/साहित्य फाेटाे ग्यालरी विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ जेठ

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गरेको छ ।

रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त नेपालको प्रतिबिम्बित गरेको बताए ।
कुनै एक सम्पदा वा संस्कृति लोप हुनु भनेको देशको सम्पत्ति समाप्त हुनु हो भन्दै उनले देशको सम्पदा र संस्कृतिलाई महत्व दिएर राष्ट्रिय समाचार समितिले आयोजना गरेको फोटो प्रदर्शनीबाट देशको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

सोही क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस नेपालको पुरानो समाचार संस्था भएको बताउँदै नेपालमा गणतन्त्र स्थापनापछि राससमा छापिएका नेपालका सम्पदा र संस्कृतिसँग सम्बन्धित फोटोहरू समेटिएर राससले फोटो प्रदर्शनीको आयोजना गरेको बताए। उनले राससको सङ्गठन, स्वरुप र सेवाबारे विस्तृतमा अवगत गराउँदै राससको सेवा भनेको समाचार सम्प्रेषण भएको र यसले समाचार सेवा उत्पादन, प्रशोधन र वितरण गर्ने काम गर्दै आएको बताए।

हाल राससले नेपाली तथा अङ्ग्रेजी भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउनुका साथै फोटो सेवा र श्रव्यदृश्य सेवा पनि सुरुआत गरेको बताए। फोटो प्रदर्शनीमा ७८ वटा संस्कृति र सम्पदासम्बन्धी फोटोहरू प्रदर्शनमा राखिएको सोही क्रममा उनले बताए।

अवलोकनमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको पनि उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले अध्यक्ष झालाई नपाका महत्वपूर्ण प्रकाशनहरू उपहारस्वरुप प्रदान गरेको थियो भने अध्यक्ष झाले प्रमुख प्रजापतिलाई राससको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *