१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ५ जेठ

अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका–३ घर भइ ललितपुरको सातदोबाटो बस्दै आएक ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुरको हेटौंडा–६ घर भइ ललितपुरको लगनखेल बस्दै आएका ४२ वर्षीय नवराज खनाल र धादिङको गल्छी–२ घर भइ ललितपुरको इमाडोल बस्ने ४२ वर्षीय रामशरण अधिकारी छन्।

उनीहरुले १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई ४१ हजार रुपैयाँमा बेचेको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

प्रहरीले उनीहरुको साथबाट भरिएको १ थान अक्सिजन सिलिण्डर, ४१ हजार नगद र ग्याँस कम्पनीबाट ग्यास भरिएका ४ थान रसिद बरामद गरिएको पनि जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *