थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज  अपडेट
काठमाडाैं, १४ पुस

नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। हाल ३ सय ६५ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *