३ सय ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ मंसिर

देशभर हाल ३ सय ६६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ३ सय ९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३६ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय २२ आइसियु र ३६ भेन्टिलेटरमा छन्।

गण्डकीमा ७७ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *