थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ मंसिर

पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ३ सय ४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ४६ हजार ३ सय ३० पुगेको छ। हाल ६ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *