कोरोना अपडेट : अमेरिकामा ७७ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ७७ हजार नाघेको छ।

नेपाली समय अनुसार शनिबार बिहान ८ः३० बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७९ पुगेको छ।

युकेमा ३१ हजार ३ सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३ जनाको मृत्यु भएको छ।

जोन्स हपिकन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ लाख ७६ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ।

२४ घण्टामा संसारभर कुल संक्रमितको संख्या ३९ लाख ३७ हजार ८ सय १३ पुगेको छ।

अमेरिकामा १२ लाख ८३ हजार ९ सय ८, स्पेनमा २ लाख २२ हजार ८ सय ५७, इटालीमा २ लाख १७ हजार १ सय ८५, युकेमा २ लाख १२ हजार ६ सय २९, रसियामा १ लाख ८७ हजार ८ सय ९९, फ्रान्समा  १ लाख ७६ हजार २ सय २ जना संक्रमित भएका छन्।

विश्वभर १३ लाख १९ हजार ४ सय ४७ जना मानिस निको  भएर घर फर्किसकेका छन्।

अमेरिकामा १ लाख ९८ हजार ९ सय ९३, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख ३१ हजार १ सय ४८, इटालीमा ९९ हजार २३ जना निको भएर घर फर्किसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय ९५ पुगेको छ। १ हजार ९ सय ८५ जनाको मृत्यु भएकोे छ। भारतमा १७ हजार ८ सय ८७ जना उपचार पछि निको भएका छन्।

पाकिस्तानमा संक्रमितको संख्या २६ हजार ४ सय ३५ पुगेको छ। ५ सय ९९ जनाको मृत्यु भएको छ। ७ हजार ५ सय ३० जना निको भइसकेका छन्।

बंगलादेशमा संक्रमितको संख्या १३ हजार १ सय ३४ पुगेको छ। २ सय ६ जनाको मृत्यु भएको छ। २ हजार १ सय १ जना निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा संक्रमितको संख्या ३ हजार ७ सय ७८ पुगेको छ। १ सय ९ जनाको मृत्यु भएकोे छ। ४ सय ७२ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकामा संक्रमितको संख्या ८ सय ३५ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। २ सय ४० जना निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ७ सय ४४पुगेको छ। ३ जनाको मृत्यु भएको छ। २० जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या १ सय २ पुगेको छ। ३१ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *