भक्तपुर, ८ असोज
नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट पुन नारायणमान बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ सोमबार सम्पन्न बन्दसत्रमा सहभागी प्रतिनिधिहरुको सर्वसम्मतिले बिजुक्छेंलाई चयन गरेको हो । अध्यक्ष चयन भएपछि भक्तपुर कमलबिनायकस्थित् आफ्नै निवासमा आज भएको पत्रकार सम्मेलनमा बिजुक्छेंले समाजवादी क्रान्ति अझैं बाँकि रहेकाले आफूलाई पार्टीले पुनः अध्यक्ष बनाएको बताए ।नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार भएपनि मुलुकमा समाजवाद ल्याउन नसकेको उनको भनाई थियो । नेकपाको सरकार कम्युनिस्ट विचार धारको नभई पूँजीवादी प्रबृत्ति हावीकै कारण यसलाई उदङग्याउँदै समाजवादी बिचारधारालाई लागू गराउन आफूलाई पार्टीले पुन अध्यक्ष बनाएको उनले स्पष्ट पारे ।नेमकिपालाई भक्तपुरमा मात्र सिमित रहेको आरोप लगाउने हरुलाई यो पनि जानकारी हुनपर्छ ? सातौं महाधिबेशनमा देशका ३३ जिल्लाबाट उम्मेद्वारी चयनका लागि योग्य रहेका प्रतिनिधिहरु आएता पनि देश अन्य जिल्लामा पनि नेमकिपाको पार्टीको उपस्थित रहेको उनले बताए ।उनले भने आफ्नो पार्टी भित्रका युवाहरुलाई पार्टी नेतृत्व पंक्तिमा नल्याएको बिषयलाई स्पष्ट पार्दै युवा पार्टीको मुटु भएको र त्यसलाई छात्तिको बाहिरी भागमा राख्नु हितकर नहुने भएकाले युवालाई नेतृत्व हस्तान्तरण गर्ने आन्तरीक तयारी भइरहेको उनले बताए ।चिनियाँ राष्ट्रपतिको बिचारबारे जसरी नेपाली सत्तामा रहेका दलहरुले अँगाल्नेबारे प्रशिक्षण दिइरहेका छन् यदि यसो भए देशका लागि हितकर हुने र चीनमा जस्तै नेपालको सत्तामै रहेका भ्रष्ट नेताहरुका जेल जाने भएकाले ब्यबहारमा सि बिचारधारा लागू भए देशका लागि हितकर हुने उनले बताए ।सोमबार सकिएको नेमकिपाको सातौं महाधिबेशनले २५ कार्यसमिति चयन गरेको थियो भने पहिलो बैठकमा अध्यक्षले आफ्नो अधिकारको प्रयोग गर्दै थप ३ सदस्य मनोनयन गरेको बिजुक्छेंले बताए ।