पाँच लाखमा पहिरन फेसन हाउस सञ्चालनमा

समाचार

नेपालगञ्ज, १६ जेठ


बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडानं –४ सल्यानीबङ्गला स्थित चार जना किशोरीद्धारा ५ लाखको लगानीमा पहिरन फेसन हाउसको सञ्चालन गरिएको छ । पछिल्लो अधिकाँश महिला सिप सिकेर आत्मनिर्भर हुन थालेपछि व्यवसाय शुरु गरेको सञ्चालिका श्वेता गुरुङले बताइन् । उनले भनिन,सिप सिकेर व्यवसाय चलाउँदा आफुलाई परनिर्भर हुन परेको छैन । चार जना किशोरीहरुद्वारा संयुक्तरुपमा सञ्चालन गरिएको पहिरन फेसन हाउसमा लेडिज लुगा सिलाउनुका साथै विभिन्न डिजाईनका लेडिज कपडा एवंम कस्मेटिक सामाग्रीको विक्री समेत गरिने सञ्चालिका श्वेता गुरुङ्गले जानकारी दिइन ।
पहिरन फेसन हाउसको आगामी दिनमा स्तरउन्नती गर्दै बुटिक सेवा समेत दिने गुरुङ्गले जनाइन । उनले थपिन,बाल्यकालदेखिका साथीसगं मिलेर हामीले पहिरन फेसन हाउस सञ्चालनमा ल्याएका हौं । यसअघि प्राप्त सिलाईकटाई तालिमलाई सदुपयोग गर्न फेसन हाउसको सञ्चालन गरिएको हो ।

विद्यालय अध्ययनसगैं ब्यापार व्यवसायमा अग्रसर किशोरीहरुको सकारात्मक कार्यको वडा अध्यक्ष बेहनाले प्रसंसा गरे । उनले भने सानो लगानीबाट ठूलो ब्यापार व्यवसाय गर्न सकिन्छ । यो एउटा अवसर हो । यसलाई निरन्तरता दिनुपर्ने अध्यक्ष बेहनाले सुझाव समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *