धानको बिउ वितरण

अर्थ/वाणिज्य समाचार

सर्जिना श्रेष्ठ

भक्तपुर १ जेठ


भक्तपुर नगरपालिकाद्वारा १ देखि १० वडासम्म वैशाख ३० र ३१ गते धानको बिउ वितरण गरिएको छ । यो नेपाली उत्पादन हो, जसमा खुम्बल ११ र चाइनुन २४२ गरी २ प्रजातीका बिउहरु रहेका छन् । यो प्रतिव्यक्ति ३ किलोका दरले वितरण गरिएको हो । यसका लागि कृषकले आफ्नो नागरिकता र जग्गाको लालपुर्जाको फोटोकपी मात्र ल्याए पुग्छ । नगरपालिकाले यो भन्दा अगाडी आलु र गहुँको बिउ वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *