भक्तपुर २९ बैशाख
भक्तपुर नगरपालिका ३ वडा कार्यालयको आयोजना तथा जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भनपा–३ तेखापुखुमा महिलाहरुको पाठेघर परिक्षण शिविरको उद्घाटन भनपाका उपप्रमुख रजनी जोशीले गरे।
कार्यक्रममा प्रमुख अतिथि जोशीले स्वास्थ्य नै ठूलो धन हुने बताउँदै सबैले आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले ख्वप अस्पताल संचालन भएपछि भक्तपुरवासीका साथै छिमेकी जिल्लाका जनतालाई पनि स्वास्थ्य सेवा सहज हुने बताए । उनले महिलाहरुले समयमै स्वास्थ्य परीक्षण र उपचारमा ध्यान पुर्याए धन र जीवन दुबै जोगिने बताए।
उनले यहाँको मौलिक कला र संस्कृति हाम्रो परिचय भएको हुँदा यसको संरक्षण र पुनःनिर्माण कार्य यहाँका जनताहरुकै सुझाव अनुसार गरिरहेको बताउँदै यसको लागि जनताको साथ र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोरा, क्यान्सर अस्पतालका डाक्टर श्रेया श्रेष्ठ, महिला वडा सदस्य सुनिता अवाल लगायतले शिविरको आवश्यकताबारे आ–आफ्नो धारणा राख्नु भएको थियो। शिविरमा ११३ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएकोमा ७ जना, रिङ्ग(२ जना, जोखिम( १ जना, अप्रेसन गर्नुपर्ने(१ जना, औषधी खानुपर्ने( ३ जना र ९९ जना भएको आयोजक समितिले जानकारी जनाएको छ ।